११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समायोजनमा नजाने कर्मचारीलाई स्वेच्छिक अवकाशको तयारी

२८ पुष २०७४, शुक्रबार ०९:११

पुस २८काठमाडौँ,  सामान्य प्रशासन मन्त्रालयले तीन तहमा समायोजन नरोज्ने कर्मचारीका लागि स्वेच्छिक अवकाशको तयारी गरेको छ । 

मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा समायोजन नरोज्ने कर्मचारीका लागि स्वेच्छिक अवकाशको तयारी थालिएको मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले बताउनुभयो । 

कर्मचारी समायोजन ऐन, २०७४ कार्यान्वयन भएको तीन महिनाभित्रमा समायोजनमा नजाने कर्मचारीका लागि स्वेच्छिक अवकाशको प्रावधानअनुसार मन्त्रालयले अवकाशको तयारी थालेको हो । 

अवकाशका लागि राजपत्रमा सूचना प्रकाशित गर्नुअघि स्वीकृतका लागि मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएको प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो । 

निजामती कर्मचारीलाई तीन तहमा समायोजन गरेर पठाउने तयारी गरिएको छ भने समायोजनमा नजाने कर्मचारीलाई पेन्सनबापत एकमुष्ट सात वर्षको रकम दिने प्रस्ताव गरिएको छ । मन्त्रालयले समायोजन नियमावली पारित भइसकेपछि कर्मचारी समायोजन गर्ने तयारी गरेको हो । 

अहिले सो नियमावली प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको छ । मन्त्रालयले कार्यरत पदमा ज्येष्ठताका आधारमा, संघ, प्रदेश र स्थानीय तहको रोजाइ र स्थायी बसोबासको ठेगाना र नागरिकताका आधारमा समायोजन गर्ने आधार तयार पारेको छ । अहिले करिब ८३ हजार निजामती कर्मचारी छन् । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह