२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाम एकताको खाका तयार पार्ने काम भइरहेको छ: प्रचण्ड

२०७४, २८ पुष शुक्रबार ०९:२१

पुस २८, म्याग्दी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र सुशासन अबको प्रमुख कार्यभार भएको बताउनुभएको छ । 

माओवादी केन्द्रले शुक्रबार बेनीमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षणमा अध्यक्ष प्रचण्डले राजनीतिक आन्दोलनबाट प्राप्त भएको उपलब्धिलाई संस्थागत गर्दै देश विकासमार्फत समृद्धि हासिल गर्ने बाटोमा अघि बढेको बताउनुभयो । 

“धेरै अप्ठ्यारा, चुनौती र दबाबको सामना गर्दै हामीले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको चुनाव सफल पा¥यौँ”, पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्डले भन्नुभयो, “अब देश विकास, समृद्धि र सुशासन कायम गराउने प्रमुख दायित्व पूरा गर्छौं ।” 

वाम एकतालाई जनताले अनुमोदन गरिसकेकाले एमाले र माओवादीसँगै अन्य कम्युनिष्ट पार्टीलाई समेत केन्द्रीकृत गर्न पहल भइरहेको उहाँले बताउनुभयो । वाम एकताको खाका तयार पार्ने काम भइरहेको र यसले छिट्टै पूर्णता पाउने प्रचण्डको भनाइ थियो । 

अध्यक्ष प्रचण्डले वाम गठबन्धनको सरकारले म्याग्दीको विकासका लागि पर्यटन, जलविद्युत्, सडक, शिक्षा, स्वास्थ्य क्षेत्रमा प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभयो । अध्यक्ष प्रचण्ड शुक्रबारदेखि बेनीमा शुरु हुन लागेको छैटौँ म्याग्दी महोत्सवको उद्घाटनका लागि बेनी आउनुभएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह