२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी चाँडो तोक्नुपर्छ: डा महत

२०७४, २८ पुष शुक्रबार १४:५३

पुस २८, काठमाडौँ । नेपाली काँग्रेसका नेता डा रामशरण महतले सरकारले चाँडो प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्नुपर्ने बताउनुभएको छ । 

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले भन्नुभयो, “सरकारले संविधानमा भएका अप्ठ्यारालाई तत्काल समाधान गरी सत्ता हस्तान्तरण गर्नुपर्छ, ।” 

डा महतले सर्वोच्च अदालत र प्रा डा गोविन्द केसीबीच भएको विवाद कानूनसम्मत समाधान गर्नुपर्नेमा जोड दिनुभयो । 

नेकपा (एमाले)का सचिव योगेश भट्टराईले वाम गठबन्धनले जनतालाई बहुमत दिएकाले नयाँ सरकार गठनका लागि सरकारले चाँडो मार्गप्रशस्त गर्नुपर्ने बताउनुभयो । 

“निर्वाचन आयोगले समानुपातिकको नतिजा सार्वजनिक नगरेर नाटक मञ्चन गरिरहेको छ, संवैधानिक निकाय पदीय जिम्मेवारीमा बस्नुपर्छ,”, उहाँले भन्नुभयो । 

नेकपा (माओवादी केन्द्र) का नेता दीनानाथ शर्माले निर्वाचन आयोग र सरकारले नयाँ सरकार गठन गर्ने बाटो खोल्नुपर्ने बताउनुभयो । “बहुमत प्राप्त दललाई नयाँ सरकार गठन गर्ने बाटो खुला गर्नुपर्छ,”, उहाँले भन्नुभयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह