"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

"/>
११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सडकमा प्रमाणपत्र देखाउँदै हिँड्न आवश्यक छैन: प्रधानन्यायाधीश

२८ पुष २०७४, शुक्रबार १४:५७

पुस २८, रुकुम । प्रधानन्यायाधीश गोपाल पराजुलीले आफ्नो नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रका बारेमा उठेका प्रश्नको संसदीय समितिमा जवाफ दिइसकेको बताएका छन् ।


रुकुम पूर्वको जिल्ला अदालत शुक्रबार उद्घाटन गर्दै उनले अहिले सडकमा कोही कराउँदैमा केही नहुने बताए। आफू सक्षम भएर न्याय क्षेत्रमा प्रवेश गरेको र प्रधानन्यायाधीश बनेको उनको भनाइ छ।

‘मैले पेश गर्ने ठाउँमा प्रमाण पेश गरिसकेको छु, अब सडकमा प्रमाण देखाउँदै हिँड्न आवश्यक छैन', उनले भने। विभिन्न वहानामा न्यायालयप्रतिको विश्वास कम गराउन केही शक्ति लागेकाले त्यो सम्भव नहुने उनको धारणा छ। ‘हिजो पनि न्यायालय न्यायमूर्ति थियो”,उनले भने, ‘आज र भोलि पनि न्यायमूर्ति रहन्छ।’

न्यायकर्मी जनताको भावना, न्यायको मूल्यमान्यता, पद्धति र प्रणालीबाट चल्ने गरेको बताउँदै उनले जिल्ला अदालत पनि सोही प्रणालीबाट चलिरहेको र अबका दिनमा पनि त्यसरी नै सञ्चालन हुन निर्देशन दिए।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह