२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

कपुरकोट गाउँपालिकाको हिउँदे अधिवेशन सुरु, संसदिय अभ्यासको झल्को

२०७४, ३० पुष आईतवार १२:०८

पुस ३०, सल्यान । संसदिय अभ्यासको झल्को दिने गरि कपुरकोट गाउँपालिका सल्यानको हिउँदे अधिवेशन आइतबार शुरु भएको छ । 

आर्थीक वर्ष २०७४/०७५ का लागी विनियोजित बजेट एवम् कार्यक्रममाथी छलफल र संशोधनका लागी कपुरकोट गाउँपालिकाको दोश्रो गाउँसभा तथा हिउँदे अधिवेशन शुरु भएको हो ।


गाउँसभा शुरु हुनु पूर्व कपुरकोट स्थीत सगरमाथा होटलको सभाहल सजाइएको थियो । सभाहलको एक छेउँमा सचिवालय स्थापना गरिएको थियो । सचिवालयका कर्मचारिहरुले गाउँसभाका सदस्यहरुलाइ फुलमालाले स्वागत गर्दै परिचयपत्र वितरण गरेका थिए । त्यसपछि गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत सुवास रिजालले सदस्यहरुलाइ गाउँसभा कसरि संचालन हुन्छ भन्ने जानकारि गराएका थिए ।

कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेन आइसकेपछि सचिवालयका कर्मचारिले फुलमालाले सम्मान गरेका थिए भने सभाध्यक्षको सम्मानका लागी सबै सदस्यहरु उठेका थिए ।

त्यसपछि कर्मचारिहरुले सभाध्यक्ष सेनलाइ बस्ने स्थान सम्म पुर्याए । सभाध्यक्ष बसेको स्थानबाट उठेपछि राष्ट्रिय गान बजेको थियो । र सबै जना उठेर राष्ट्रिय गानमा सहभागी भएका थिए ।

त्यसपश्चात सभाध्यक्षले सदस्यहरुलाइ बस्न आग्रह गरे । मौनधारणको कार्यक्रम पनि सम्पन्न भइसकेपछि अध्यक्ष सेनले गाउँसभा शुरु भएको घोषणा गरेका थिए । सभाध्यक्षको आग्रहपछि उपाध्यक्ष तिला बुढाले गाउँसभाको लागी तीनवटा प्रस्ताव पेश गरिन् । प्रस्तावमाथी छलफलका लागी एक सदस्य दुइ मिनेट समय निर्धारण गरिएको थियो । 


सदस्यहरुले पालैपालो प्रस्तावमाथी टिकाटिप्पणी गरेका थिए । संशोधन प्रस्तावमाथी व्यापक छलफल गर्नुपर्ने भएकाले आगामी माघ ४ गते मात्रै प्रस्तावहरु पारित हुने कपुरकोट गाउकार्यपालिकाले जानकारि दिएको छ । 

सदस्यहरुले उठाएका जिज्ञासाहरुको जवाफ दिँदै गाउँपालिका अध्यक्ष सेनले सबैको छलफलबाट समृद्ध र समुन्नत गाउँपालिका निर्माणका लागी आवश्यक निर्णय गरिने बताएका थिए ।

उनले गाउँपालिका भित्र रहेका हरेक कार्यालयका कर्मचारिहरुलाइ प्रमुख प्रशासकीय अधिकृतसंग परामर्श र अनुमती लिएर मात्रै कार्यालय छाड्न निर्देशन दिए । गाउँसभामा प्रमुख प्रशाशकीय अधिकृत रिजालले हाल सम्मको प्रगती समिक्षा समेत गरेको कपुरकोट गाउँ कार्यपालिकाका सूचना अधिकारी जिवराज केसीेले जानकारि दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह