महेन्द्र केसी, पर्वत । जिल्लाका नवनिर्वाचित सांसदहरुले पाँच बर्षमा जिल्लाको विकास गरेर देखाउने प्रतिबद्धता दोहो¥याएका छन् । प्रतिनिधिसभामा निर्वाचन पदम गिरी र प्रदेश सभा १ बाट निर्वाचित नेत्रनाथ अधिकारीले पाँच बर्षभित्र जिल्लाको विकास गरेर देखाउन बताएका हुन् ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र केसी, पर्वत । जिल्लाका नवनिर्वाचित सांसदहरुले पाँच बर्षमा जिल्लाको विकास गरेर देखाउने प्रतिबद्धता दोहो¥याएका छन् । प्रतिनिधिसभामा निर्वाचन पदम गिरी र प्रदेश सभा १ बाट निर्वाचित नेत्रनाथ अधिकारीले पाँच बर्षभित्र जिल्लाको विकास गरेर देखाउन बताएका हुन् ।

२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पाँच बर्षमा जिल्लाको विकास गरेर देखाउँछौ- भिडियो सहित

२०७४, १ माघ सोमबार ०५:२६

महेन्द्र केसी, पर्वत । जिल्लाका नवनिर्वाचित सांसदहरुले पाँच बर्षमा जिल्लाको विकास गरेर देखाउने प्रतिबद्धता दोहो¥याएका छन् । प्रतिनिधिसभामा निर्वाचन पदम गिरी र प्रदेश सभा १ बाट निर्वाचित नेत्रनाथ अधिकारीले पाँच बर्षभित्र जिल्लाको विकास गरेर देखाउन बताएका हुन् ।


आइतबार उद्योग बाणिज्य संघ पर्वतले आयोजना गरेको बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा नवनिर्वाचित सांसदहरुले जिल्लाको विकासको लागि आफूले पाँच बर्षको मेन्डेट प्राप्त गरेको र सोही अनुसार काम गर्ने बताएका हुन्. । प्रतिनिधिसभाका सांसद पदम गिरीले जिल्लाका अब सवै सडकहरु कालोपत्रे हुने बताए । आगामी पाँच बर्षभित्र जिल्लाका मुख्यमुख्य सडकहरुको कालोपत्रेको काम अब लगत्तै शुरु गर्ने उनले बताए ।


राष्ट्रिय गौरबका योजना अन्तरगत कालीगण्डकी लोकमार्ग लामो समयसम्म पनि पूर्णरुपमा निर्माण हुन नसक्नुले जिल्लाको विकासको लागि बाधा पुगेकोभन्दै अब उक्त योजनालाई नेपाली सेनालाई दिने गरी आफूहरु अगाडि बढ्न लागेको समेत उनले बताए ।


छिमेकी जिल्ला बाग्लुङ हुदै कालीगण्डकी करिडोरमा सवारी गुड्न थाल्दा पनि आफ्नो जिल्लामा रहेको कालीगण्डकी लोकमार्ग अलपत्र परेको भन्दै सांसद गिरीले दुख व्यक्त गरेका हुन् । उनले अब ठेकेदार र सम्बन्धीत कम्पनीले ढिलासुस्तीको कारण र जवाफ दिनुपर्ने र कामलाई अलपत्र पार्न नुहने भन्दै आवश्यक परे नेपाली सेनालाई उक्त कार्यको जिम्मेवारी दिने बताएका हुन् ।


उनले जिल्लामा उद्योग विकास, कृषिमा आधुनिकरणका साथै कृषि क्रान्तिको लागि आवश्यक पहल कदम चाल्ने समेत बताए । नेता गिरीले जिल्लाको खेलकुद क्षेत्रको विकासको लागि आवश्यक कदम चाल्नुपर्ने बेला आएको समेत बताए । उनले जिल्लालाई अन्तराष्ट्रिय खेलकुद क्षेत्रको रुपमा विकास गर्न सकिने सम्भावना हुदाहुदै पनि त्यसो हुन नसकेको भन्दै आवश्यक पहल गर्ने बताएका छन् । जिल्लाको खेलकुद क्षेत्रको विकासको लागि क्याविनेटमा के गर्नुपर्छ म गर्छु, जिल्लास्तरबाट तपाइहरुले के के गर्नुपर्छ यो गर्नुहोस्, उनले भने ।




प्रदेश सभा १ का सांसद नेत्रनाथ अधिकारीले जिल्लाको विकासको लागि तीन जना सांसदहरुको एकै धारण रहेको बताए । उनले जिल्लाको विकासको जिम्मेवारी आगामी पाँच बर्षको लागि आफूहरुले प्राप्त गरेको भन्दै घोषणपत्रमा उल्लेख भएअनुसार र आफूहरुले गरेको बचन अनुसारनै काम गर्ने बताए । उनले उद्योगीको विकासको लागि पनि आवश्यक कदम चाल्ने बताए ।


कार्यक्रममा उद्योग बाणिज्य संघ पर्वतका हरिओम शर्मा लामिछानेले जिल्लाका उद्योगी व्यवसायीहरु मारमा परेको गुनासो गरेका थिए । जिल्लाका व्यवसायीहरुको हक हितको लागि आवश्यक कदम चाल्न र खेलकुद क्षेत्रको विकासको लागि सोच्नको आग्रह गरे । उनले जिल्लामा भएको खेलकुद मैदान शसस्त्र प्रहरी बलले कब्जा गरेका कारण जिल्लाको खेलकुद क्षेत्रको विकास हुन नसकेको भन्दै त्यसको विकल्पको बारेमा सोच्न समेत सांसदहरुलाई आग्रह गरेका थिए ।




लामिछानेले शसस्त्र प्रहरी बल तत्तकाली अबस्थामा जिल्लाको लागि आवश्यक भए पनि अब नरहेको भन्दै अन्यत्र क्षेत्रमा सार्न र खेलकुद मैदान खेलकुदकै लागि प्रयोग गर्ने बाताबरण मिलाउनको लागि पनि सांसदहरुसँग माग गरेका थिए । कार्यक्रको संचालन संघका महासचिव ठाकुर वि पौडेलले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह