११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मुलुकको ध्यान आर्थिक विकासमा हुनुपर्ने ः उपराष्ट्रपति पुन

१ माघ २०७४, सोमबार १०:४३

माघ १, काठमाडौँ  | उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको पूर्ण कार्यान्वयनपछि सम्पूर्ण ध्यान मुलुकको दिगो आर्थिक विकाससहितको समृद्ध नेपाल निर्माणमा केन्द्रित हुने बताउनुभएको छ । 

आज भृकुटीमण्डपमा नेपाल मगर संघद्वारा आयोजित ‘माघे सङ्क्रान्तिको शुभकामना आदानप्रदान तथा बृहत् सांस्कृतिक कार्यक्रम–२०७४’ कार्यक्रममा उहाँले स्थानीय, प्रदेश र संघको निर्वाचन सम्पन्न गरेर संविधानको पूर्ण कार्यान्वयन गर्दै देशलाई आर्थिक समृद्धितर्फ लैजाने बताउनुभयो । 

उपराष्ट्रपति पुनले संविधान कार्यान्वयनका क्रममा असमझदारी, असन्तुष्टि रहेको उल्लेख गर्दै राजनीतिक दलहरु ती असमझदारी असन्तुष्टि हटाउने प्रक्रियामा रहेको धारणा राख्नुभयो । 

“मलाई विश्वास छ, दलहरु चाँडै नै एउटा सकारात्मक निष्कर्षमा पुगेर देशलाई निकास दिनेछन्”, उहाँले भन्नुभयो, “समय र सन्दर्भ ख्याल राख्ने छन् भन्ने पनि पूर्ण विश्वास छ ।” 

उहाँले हिजो राजनीतिक संघर्षमा एकताबद्ध भएर लागेका दलहरु त्यसरी नै समृद्ध नेपाल निर्माणमा लाग्नुपर्ने भन्दै समृद्ध नेपाल निर्माणका लागि बलियो राष्ट्रिय एकताको जरुरी भएको धारणा राख्नुभयो । 

उहाँले नेपालका आदिवासी जनजातिहरु आफ्नो पहिचान, पहुँच र अधिकारका लागि निरन्तर संघर्षमा रहेको उल्लेख गर्नुभयो । 

सबै जातजाति, भाषाभाषी, धर्म संस्कृति र भूगोलका समुदायबीचको एकताबाट मात्रै बलियो राष्ट्रिय एकता सुदृढ हुन सक्नेमा उहाँको जोड थियो । 

उपराष्ट्रपति पुनले हाम्रो देश नेपाल प्राकृतिकरुपमा विश्वकै सुन्दर देश रहेको चर्चा गर्दै विभिन्न जातजाति, भाषाभाषी, धर्म संस्कृतिका समुदायको सम्मिश्रित बसोबासले नेपाललाई झनै सुन्दर बनाएको बताउनुभयो । 

“सुन्दर प्रकृति र माघे सङ्क्रान्तिलगायत हाम्रा साझा मौलिक संस्कृतिको समायोजनबाट नेपाल प्रकृति र संस्कृतिको विश्वकै धनी देश बनेको छ । यो हाम्रा लागि निकै नै गौरवको कुरा हो”, उहाँले भन्नुभयो । 

उपराष्ट्रपति पुनले समृद्ध नेपाल निर्माण र राष्ट्रिय एकताका लागि मगर समुदायको ठूलो भूमिका हुने बताउनुभयो । 

मगर समुदायको इतिहास निकै नै गौरवपूर्ण रहेको भन्दै उहाँले आधुनिक नेपाल राष्ट्रको निर्माणमा होस् या वर्तमानका राजनीतिक उपलब्धि प्राप्त गर्न होस्, दुवै संघर्षमा मगर समुदायले अग्रभागमा वीरतापूर्वक लडेको चर्चा गर्नुभयो । 

गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक शासन व्यवस्थाजस्ता ऐतिहासिक उपलब्धि प्राप्तिका लागि भएका जनयुद्धलगायत ऐतिहासिक संघर्षमा सबैभन्दा धेरै मगर समुदायको रगत बगेको उहाँको भनाइ थियो । 

“वर्तमानको राजनीतिक उपलब्धि प्राप्तिका लागि विभिन्न कालखण्डमा भएका ऐतिहासिक संघर्ष, जनयुद्ध र ऐतिहासिक जनआन्दोलनमा मगर समुदायको ऐतिहासिक योगदान छ”, उहाँले भन्नुभयो, “यहाँहरुको संघर्षबाट प्राप्त भएको समानुपातिक समावेशी व्यवस्थाले आदिवासी जनजातिलगायत उत्पीडित समुदायको राज्यमा प्रतिनिधित्वलाई सुनिश्चित गरेको छ ।” 

कार्यक्रममा नेपाल मगरसंघका अध्यक्ष नवीन रोकामगर, संघ उपाध्यक्ष गंगा मगर र सल्लाहकार वमकुमारी मगरलगायतले संघीयतामा राज्यले मगरात राज्यको छुट्टै स्थापना गर्न माग गर्नुभयो । 

कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो । (रासस)


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह