६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भ्रष्ट मानसिकताविरुद्ध युवाहरु लाग्नुपर्छः ढुंगेल

२ माघ २०७४, मंगलवार ०९:४३

माघ, २, काठमाडौँ । राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेलले भ्रष्ट मानसिकता देश विकाशको बाधक भएको बताउँदै त्यसविरुद्ध युवाहरु लाग्नु पर्ने बताए । 

उनले प्रशासनिक खर्च घटाएर विकास खर्च बढाउनु पर्नेमा जोड दिए । 

युथ एड्भोकेसी नेपालको चौथो साधारण सभामा बोल्दै उपाध्यक्ष ढुंगेलले तालिमबाट सिकेको सीप प्रयोगमा नल्याउने प्रवृति बढेको भन्दै उद्यमशिलतामा लाग्नुपर्ने बताए । उनले परिषद्ले रोजगारमूलक संस्थाहरुसँग सहकार्य गरेर अगाडि बढ्ने धारणा राखे । 


उपाध्यक्ष ढुंगेलले परिषद्मा कुनै पनि राजनीतिक विवाद नभएको बताउँदै नतिजा आउने गरी कार्यक्रम अगाडि बढाएको बताए । परिषद्ले २ सय ३३ वटा रोजगारमूलक कार्यक्रम सुरु गरेको ढुंगेलले जानकारी दिए । 

संस्थाका अध्यक्ष नरेन्द्र खतिवडाले एड्भोकेसी समाज परिवर्तनको लागि गठन भएको संस्था भएको बताउँदै असमानताविरुद्ध युवाहरुलाई लाग्न आग्रह गरे । राजनीतिक पार्टीहरुले समृद्धि र समानताका नारा लगाएको तर कसरी गर्ने भन्ने विषयमा कुनै खाका नआएको खतिवडाले बताए । 

कार्यक्रमका अध्यक्ष समेत रहेका खतिवडाले शिक्षा र स्वास्थ्यमा भइरहेको नीजिकरणको युवाहरुले विरोध गर्नुपर्ने बताए । सार्वजनिक शिक्षा र स्वास्थ्य सुदृढिकरण गर्न राज्यले प्रयाप्त लगानी गर्नुपर्ने बताए । 

साधारण सभामा राष्ट्रिय अपांग युवा संजालका अध्यक्ष मेहन्द्र थापा, आयोनका अध्यक्ष हिमाल महत, फिमेल युथ नेपालकी अध्यक्ष सन्ध्या विडारी, सोफिक नेपालकी उपाध्यक्ष आशा परियार, राजनीतिक विश्लेषक तथा लेखक  डा. उद्धव प्याकुरेल, ग्लोवल पिस फाउन्डेशनका अध्यक्ष रामरोहन पन्त, युथ इनिसिएटिभका अध्यक्ष विजय खड्का, राष्ट्रिय युवा गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष कमल सुवेदी, कोक्यापका महासचिव पुष्प भुसाल, युवा अधिकारकर्मी राजकुमार उप्रेतीलगयातले सधारण सभाको सफलताको शुभकामना दिएका थिए ।

कार्यक्रमका संचालन संस्थाका महासचिव संजय खड्काले गरेका थिए भने स्वास्गत मन्तव्य कोषाध्यक्ष गीता चौधरीले गरेकी थिइन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति