२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवा एमाले-माओवादी एकतालाई तोड्न लागिपरेका छन्: गौतम

२०७४, २ माघ मंगलवार ०९:५९

माघ २, भक्तपुर । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले चुनावमा पराजित हुन्छु भनेर कल्पनासमेत नगरेको बताएका छन् । 

चुनावमा पराजित भए पनि आफूलाई रत्तिभर दु:ख नलागेको बरु शिरमाथिको एउटा ठूलो भारी बिसाएजस्तो हल्का महसुस भएको उनको भनाई छ । 

मंगलबार भक्तपुरमा समय सम्वाद साप्ताहिकको वार्षिकोत्सव समारोहमा बोल्दै उपाध्यक्ष गौतमले चुनावमा पराजय व्योहोरे पनि पार्टी एकताका लागि प्रतिवद्ध भएर लाग्ने प्रण गरे।

‘चुनावमा पराजित हुन्छु भनेर कल्पनासमेत गरेको थिइनँ, पराजित भए पनि रत्तिभर दु:ख लागेको छैन,' गौतमले भने, 'शिरमाथिको एउटा ठूलो भारी बिसाएजस्तो हल्का महसुस भयो । यसबारे धेरै कुरा गर्न चाहान्नँ।’ पार्टी एकता आफू कम्युनिष्ट पार्टीमा प्रवेश गरेदेखिकै सपना भएको भन्दै उपाध्यक्ष गौतमले एउटै कम्युनिष्ट पार्टी बनाउने कामको शुरुवात भएको बताए।

साथै उनले जनमतविपरीत कांग्रेसले सत्ता हस्तान्त्ररणमा आलटाल गरिरहेको आरोप लगाए। ‘आयु पुगेको सरकारका प्रधामनन्त्री शेरबहादुर देउवाले बहुमत कसैले ल्याएको छैन भनेर नकचरो तर्क गरेका छन्,’ गौतमले भने, ‘एमाले-माओवादीबीच पार्टी एकता संकल्पलाई तोड्न सकिन्छ कि भनेर लागिपरेका छन् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह