११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवा एमाले-माओवादी एकतालाई तोड्न लागिपरेका छन्: गौतम

२ माघ २०७४, मंगलवार ०९:५९

माघ २, भक्तपुर । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले चुनावमा पराजित हुन्छु भनेर कल्पनासमेत नगरेको बताएका छन् । 

चुनावमा पराजित भए पनि आफूलाई रत्तिभर दु:ख नलागेको बरु शिरमाथिको एउटा ठूलो भारी बिसाएजस्तो हल्का महसुस भएको उनको भनाई छ । 

मंगलबार भक्तपुरमा समय सम्वाद साप्ताहिकको वार्षिकोत्सव समारोहमा बोल्दै उपाध्यक्ष गौतमले चुनावमा पराजय व्योहोरे पनि पार्टी एकताका लागि प्रतिवद्ध भएर लाग्ने प्रण गरे।

‘चुनावमा पराजित हुन्छु भनेर कल्पनासमेत गरेको थिइनँ, पराजित भए पनि रत्तिभर दु:ख लागेको छैन,' गौतमले भने, 'शिरमाथिको एउटा ठूलो भारी बिसाएजस्तो हल्का महसुस भयो । यसबारे धेरै कुरा गर्न चाहान्नँ।’ पार्टी एकता आफू कम्युनिष्ट पार्टीमा प्रवेश गरेदेखिकै सपना भएको भन्दै उपाध्यक्ष गौतमले एउटै कम्युनिष्ट पार्टी बनाउने कामको शुरुवात भएको बताए।

साथै उनले जनमतविपरीत कांग्रेसले सत्ता हस्तान्त्ररणमा आलटाल गरिरहेको आरोप लगाए। ‘आयु पुगेको सरकारका प्रधामनन्त्री शेरबहादुर देउवाले बहुमत कसैले ल्याएको छैन भनेर नकचरो तर्क गरेका छन्,’ गौतमले भने, ‘एमाले-माओवादीबीच पार्टी एकता संकल्पलाई तोड्न सकिन्छ कि भनेर लागिपरेका छन् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह