२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्रिपरिषद बैठक दिउँसो ३ बजेसम्म स्थगित

२०७४, ३ माघ बुधबार ०७:३५

माघ ३, काठमाडौं । बुधबार विहान बसेको मन्त्रिपरिषद बैठक दिउँसो फेरि बस्ने गरी स्थगित भएको छ । 

अस्थायी मुकाम तोक्न बुधबार विहान मन्त्रिपरिषद बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश अस्थायी मुकामसम्बन्धी प्रस्ताव पेश गर्नासाथ मन्त्रीहरुले आआफ्नो अडान राखेका थिए ।

 प्रधानमन्त्रीको प्रस्तावमा प्रदेश १ को अस्थायी मुकाम विराटनगर प्रस्ताव गरिएको छ । तर, राप्रपा प्रजातान्त्रिकबाट मन्त्री बनेका सुनिलबहादुर थापाले धनकुटा हुनुपर्ने तर्क अघि सारेका छन् ।

प्रदेश २ को राजधानी जनकपुर प्रस्ताव गरिएको छ भने ३ मा विवाद देखिएको छ । उपप्रधानमन्त्री कमल थापाले हेटौंडालाई अस्थायी मुकाम बनाउनुपर्ने माग राखेका छन् । प्रदेश ४ को अस्थायी मुकाम प्रस्ताव गरिएको छ । ५ को दाङ र बुटवल भन्नेमा मन्त्रीहरुबीच विवाद छ ।

६ को सुर्खेत प्रस्ताव गरिएको छ भने ७ मा धनगढी र दिपायल भन्नेमा मन्त्रीहरुकाे मत बाझिएको छ । प्रदेश प्रमुख र अस्थायी मुकामका विषयमा थप छलफल आवश्यक रहेको भन्दै बैठक पुन ३ बजेकोका लागि बोलाइएको छ । बुधबारको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोक्ने तयारी थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह