२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कम्युनिष्ट पार्टीसँग एकताको लागि वैद्य माओवादीले बनायो वार्ता टोली

२०७४, ३ माघ बुधबार ०८:४२

माघ ३, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले छरिएर रहेका कम्युनिष्ट घटकहरुसँग एकताको आधार तयार गर्न वार्ता टोली निर्माण गरेको छ । 

माघ २ र ३ गते राजधानीमा बसेको सो पार्टीको स्थायी समिति बैठकले उक्त निर्णय गरेको हो । बैठकले नेत्रविक्रम चन्द्र नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, मोहनविक्र सिंह नेतृत्वको नेकपा (मसाल) र ऋषि कट्टेलद्वारा नेतृत्व गरिएको  नेपाल कम्युनिष्ट पार्टीसँग एकताको आधार तय गर्न ठोस पहल गर्ने निर्णय समेत गरेको छ । 

बैठकले राष्ट्रियता, जनतन्त्र र जनजिविका लगायतका ठोस विषयहरुमा कार्यगत एकता गरी संयुक्त संघर्षमा जाने निर्णय गर्दै लामो समयदेखि नेपाल–भारत सीमा क्षेत्रका सुस्ता, महेशपुर, कालापानी लगायत सीमा मिचिएको र भारतको सो कदमको भत्र्सना गर्दै यसबारे तुरुन्तै कदम चाल्न सरकारसँग आग्रह गरेको छ । 

 प्रेस–वक्तव्य 

२०७४ माघ २ र ३ गते महासचिव कमरेड किरणको अध्यक्षतामा पार्टीको स्थायी समितिको बैठक बस्यो । बैठकमा पार्टी एकता र कार्यगत एकतालगायतका विषयका बारेमा लिइएका महत्वपूर्ण निर्णयहरुलाई यस प्रेसवक्तव्य मार्फत् सार्वजनिक गरिएको छ:

१– पश्चगामी राज्यसत्ता तथा व्यवस्थाको प्रभुत्व कायम रहिआएको र दक्षिणपन्थी संशोधनवादको हैकम बढ्दै गएको अवस्थामा नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवाद हुँदै साम्यवादतर्फ अगाडि बढ्ने नीति, कार्यक्रम तथा उद्देश्य अवलम्बन गरेका क्रान्तिकारी कम्युनिस्ट समूह तथा व्यक्तित्वहरुलाई एकताबद्ध गर्नु आजको ऐतिहासिक आवश्यकता हो । 

तसर्थ, यसबारे गम्भीर हुँदै क. विप्लवद्वारा नेतृत्व गरिएको नेपाल कम्युनिस्ट पार्टी, क. मोहनविक्रम सिंहद्वारा नेतृत्व गरिएको नेपाल कम्युनिस्ट पार्टी (मसाल) तथा क. ऋषि कट्टेलद्वारा नेतृत्व गरिएको नेपाल कम्युनिस्ट पार्टीसहितका संगठनहरु र विभिन्न ठाउँमा छितरिएर रहेका क्रान्तिकारी कम्युनिस्टहरुसित पार्टी एकताका लागि आधार तयार पार्न  वार्ता टोली बनाई ठोस पहल गर्ने निर्णय लिइएको छ । 

२– साथै, उक्त पार्टीहरुसित राष्ट्रियता, जनतन्त्र तथा जनजीविका लगायतका ठोस ठोस विषयमा कार्यगत एकता गरी संयुक्त रूपमा सङ्घर्षमा जानका लागि आवश्यक तयारी गर्ने निर्णय पनि लिइएको छ ।

३– लामो समयदेखि भारतीय शासक वर्गले सीमा क्षेत्रका सुस्ता, महेशपुर, कालापानी लगायत विभिन्न ठाउँमा विशाल मात्रामा नेपाली भूभाग मिच्दै आएको छ । लामो समयदेखि कैयौं ठाउँमा सिमास्तम्भ गायब पार्ने काम हुँदै आएको छ ।

हालै विरगञ्ज महानगरपालिकाको छपकैयामा ५० औं विघा जमिन मिचेर सिमास्तम्भ सारिएका समाचार प्रकाशमा आएका छन् । यस स्थितिमा पार्टी भारतीय विस्तारवादको सीमा अतिक्रमणकारी गतिविधिको घोर विरोध तथा भत्र्सना गर्दछ र यसबारे तुरुन्तै कदम चाल्न सरकारसित जोडदार माग गर्दछ ।  

                                                                                                     

                                                                                                    ……………

                                                                                               मोहन वैद्य(किरण)

                                                                                                     महासचिव

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह