२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

प्रतिनिधि सभाको चुनावमा प्रचण्डको चुनावी खर्च कति, बिक्रम पाण्डेको कति ?

२०७४, ३ माघ बुधबार १८:१४

माघ ३, रत्ननगर (रासस) | पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले प्रतिनिधिसभा सदस्यको निर्वाचनका बेला चितवनमा रु नौ लाख ९४ हजार ५४२ खर्च भएको विवरण पेश गर्नुभएको छ । 

उहाँले पार्टीका सचिवालय सदस्य सूर्य सुवेदी ‘पथिक’मार्फत चुनावी खर्च विवरण पेश गर्नुभएको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले जानकारी दिनुभयो । अध्यक्ष दाहाल चितवन क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । 

उहाँका निकटतम प्रतिद्वन्द्वी राप्रपा (प्रजातान्त्रिक)का उपाध्यक्ष एवम् वनमन्त्री विक्रम पाण्डेको चुनावी खर्च भने रु नौ लाख ३९ हजार ९४० पेश भएको निर्वाचन कार्यालयले जनाएको छ । 

जिल्लामा तीन निर्वाचन क्षेत्रका कूल ९५ जनाको उम्मेदवारी परेकामा अहिलेसम्म ६७ जनाले निर्वाचन खर्च विवरण पेश गरेको ढकालले जानकारी दिनुभयो । खर्च विवरण पेश नगर्नेमा अन्य साना दलका उम्मेदवार छन् । 

प्रतिनिधिसभा निर्वाचनमा एकजना उम्मेदवारले बढीमा रु २५ लाख र प्रदेशसभा सदस्यका उम्मेदवारले रु १५ लाख खर्च गर्न पाउने नियम छ । चितवन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य सुरेन्द्र पाण्डेले रु १३ लाख ५७ हजार ६७३ खर्च भएको भन्दै विवरण पेश गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेस नेता राजेन्द्र बुर्लाकोटीको चुनावी खर्च रु १६ लाख २९ हजार १७० छ । 

चितवन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोख्रेलको चुनावी खर्च रु १४ लाख ३९ हजार ८०० छ भने निकटतम प्रतिद्वन्द्वी शिक्षा राज्यमन्त्री एवं नेपाली कांँग्रेसका नेता शेषनाथ अधिकारीले रु १३ लाख ९३ हजारको विवरण बुझाउनुभएको कार्यालयले दिएको तथ्यांकमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा