११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अध्यक्ष ओलीद्वारा ल्होछारको शुभकामना

४ माघ २०७४, बिहीबार ०५:४०

माघ ४ काठमाडौँ |काठमाडौँ |  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सोनम ल्होछार–२०७४ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण तामाङ दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । 

आज दिनुभएको एक शुभकामना सन्देशमा अध्यक्ष ओलीले सोनाम शब्दले खेतीपातीसँग पुण्यकार्यको अर्थ पनि बुझाउने हुनाले यसलाई सोनाम (कृषक) ल्होछार भन्ने गरिएको बताउनुभएको छ । नेपालमा १२५ जाति र १२३ भाषाभाषी भएको देश हो, यहाँ बसोबास गर्ने हरेक जातिका आफ्ना आफ्नै संस्कृतिहरु छन् । एक जातिको संस्कृति र चाडपर्वमा अर्को जातिले पनि साथ दिने हाम्रो परम्परागत प्रचलन रहेको उहाँले बताउनुभएको छ । 

नेपालको जातीय सद्भावलाई बिथोल्न केही समय अगाडि धेरै प्रयास भए । तर नेपालीले यस्ता तत्वलाई बेलैमा पहिचान गरेर पाखा लगाए । जातीय एकता, धार्मिक सहिष्णुता नेपालका पहिचान हुन् । यसको संरक्षणमा सबैको ध्यान जानु जरुरी हुन्छ, सन्देशमा उल्लेख छ । 

मंसिर १० र २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि देशमा मूलतः राजनीतिक संक्रमणकाल सकिएको छ । त्यसकारण अब सबैको ध्यान विकास र समृद्धिमा छ । देशको मूल प्राथमिकतालाई सम्पूर्ण तामाङ समुदायले पनि साथ र सहयोग दिनेछन् भन्ने विश्वास लिएको पनि ओलीले बताउनुभएको छ । 

पौडेलद्वारा पनि शुभकामना 

यसैगरी, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सोनाम ल्होछारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पुर्ण तामाङ दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । 

आज एक शुभकामना सन्देश दिँदै वरिष्ठ नेता पौडेलले विविध जातजाति, धर्म, संस्कृति, चाडपर्व र परम्परा रहेको नेपालमा यस प्रकारका चाडपर्वले आपसमा प्रेम, सद्भाव, सहिष्णुता र मेलमिलाप अभिवृद्धि गर्नुका साथै राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ पार्नसमेत प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । 

तामाङ समुदायमा यस पर्वलाई नयाँ वर्ष र न्वागी पूजाका रुपमा हर्षोल्लास एवम् आपसमा मनोरञ्जन र खुशी साटासाट गरी मनाउने गरिन्छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह