२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

क्यान्सर रोगको निरोधात्मक उपाय आवश्यक छ : प्रधानमन्त्री

२०७४, ४ माघ बिहीबार ०८:४५

माघ ४, काठमाडौँ | प्रधानमन्त्री शेरबहादुर देउवाले अर्बुद रोगको उपचारमा मात्र नभएर निरोधात्मक उपायमा पनि ध्यान दिनुपर्ने बताउनुभएको छ । 

आजदेखि काठमाडौँमा शुरु भएको ‘विकासशील देशहरुमा क्यान्सर रोग नियन्त्रणका चुनौती’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री देउवाले अस्वास्थकर जीवनशैली र खानपानका कारण अर्बुद रोगीको संख्या बढ्दै गएको बताउनुभयो । 

उहाँले भन्नुभयो, “हामीले स्वस्थकर जीवनशैली अपनाउन आवश्यक छ, सरकारले अर्बुद, स्पाइनल इन्जुरी र मिर्गौला रोगीका लागि हरेक महिना रु पाँच हजार दिने व्यवस्था गरेको छ, यसले थोरै भए पनि सहयोग हुने विश्वास लिएको छु ।” 

स्वास्थ्यमन्त्री दीपक बोेहराले सरकारले अर्बुदको जड मानिएको धूमपानको प्रयोग रोक्न यसमा लगाइने कर बढाउन खाका तयार पार्ने र त्यसलाई अब बन्ने नयाँ सरकारले अगाडि बढाउने बताउनुभयो । 

नेपाल अर्बुद रोग निवारण संस्थाको आयोजनामा आजदेखि ६ गतेसम्म चल्ने कार्यक्रमको उद्घाटन कार्यक्रममा पूर्वस्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले विकासशील देशहरुमा नसर्ने रोगको चुनौती बढ्दै गएको बताउनुभयो । 

क्यान्सर रोगको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय संस्था युनियन फर क्यान्सर कन्ट्रोल (युआइसिसी) का अध्यक्ष प्रा सान्चिया अरान्डल, अन्तर्राष्ट्रिय सल्लाहकार प्रा जेफ डनले नेपालका अर्बुद अस्पतालको काम देखेर प्रभावित भएको उल्लेख गर्दै विकासशील देशमा नसर्ने रोग त्यसमा पनि अर्बुदले ठूलो रुप लिँदै गएको र त्यसमा ठूलो धनराशि खर्च भइरहेको बताउनुभयो । 

विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा जोस भान्डलरले हरेक वर्ष सातदेखि आठ लाख मानिसको मृत्युको कारण अर्बुद रोग भएको बताउँदै ७५ प्रतिशत मृत्युको कारण उपचार खर्च नभएकाले हुने गरेको जानकारी दिनुभयो । उहाँले धेरैजसो विकासशील देशमा धेरै मानिस अर्बुदको उपचार गर्न नसक्ने अवस्थामा भएकाले यी देशले यस विषयमा छलफल गर्न आवश्यक भएको बताउनुभयो । 

अर्बुद रोग विशेषज्ञ तथा सम्मेलन आयोजक समितिका प्रमुख डा राजेन्द्रप्रसाद बरालले विकासोन्मुख देशमा अर्बुद बढ्दो क्रममा रहेकाले ‘विकासोन्मुख देशमा क्यान्सरको रोकथाममा चुनौती’ भन्ने विषयमा सम्मलेन केन्द्रित हुने बताउनुभयो । 

नेपाल अर्बुद रोग निवारण संस्थाका केन्द्रीय अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठले अर्बुद रोगको मुख्य कारण धूमपान भएकाले सूर्तीजन्य पदार्थमा लगाइने कर बढाउनुपर्नेमा जोड दिनुभयो । 

संस्थाले नेपाल सरकार स्वास्थ्य मन्त्रालय, युनियन फर इन्टरनेशनल क्यान्सर कन्ट्रोल र क्यान्सर काउन्सिल अस्ट्रेलियासँगको सहकार्यमा सम्मेलन आयोजना गरेको हो । 

सम्मेलनमा अमेरिका, बेलायत कम्बोडिया, स्पेन, भुटान, भारत, श्रीलंका, म्यानमार, मलेसिया, बंगलादेश, दक्षिण कोरिया, बेलायत, मंगोलिया, ताइवानलगायत १५ भन्दा बढी देशका अर्बुद रोग विशेषज्ञ, अनुसन्धानकर्ता, अर्बुदविरुद्धका अभियन्ता, नर्स गरी २५० जनाको सहभागिता छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह