११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस बैठकमा सभापतिमाथि खोइरो, कसले के भने ?

४ माघ २०७४, बिहीबार ११:१४

माघ ४, काठमाडौं । निर्वाचन पछी नेपाली कांग्रेस बैठकमा सभापतिमाथि अधिकांस नेताहरुले बिभिन्न आरोप लगाएका छन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा चुनावी समिक्षा भइरहँदा अधिकांश नेताहरुले प्रधानमन्त्री समेत रहेका देउवाप्रति तीव्र आक्रोस पोखेका हुन् । बालुवटारमा जारी बैठकको एजेण्डाका रुपमा राष्ट्रियसभा निर्वाचन प्रस्तुत गरिएको थियो । साथै सभापति देउवाले चुनावी समिक्षाका लागि छिट्टै बैठक बोलाउने आश्वासन दिँदै राष्ट्रियसभा निर्वाचनबारे छलफल गर्न प्रस्ताव गरेका थिए । तर, बैठकमा बोल्ने अधिकांशले चुनावी समिक्षा गर्दै नेतृत्वको चर्को आलोचना गर्न थालेपछी देउवालाई दवाब थपिएको छ  ।

 

देउवाको पक्षमा बोल्दै महेन्द्र यादवले कांग्रेस दोस्रो दल बनेको र मत बढेको भन्दै निर्वाचन गराउनु नै देउवाको ठूलो सफलता भएको बताएका छन् । बैठकमा अर्जुननरसिंह केसीले पार्टीमा सभापति मात्र नभई छायाँ सभापति मान्नु पर्ने अवस्था आएको बताउँदै आफूलाई कार्यसम्पादन समिति र संसदीय समितिको सदस्य भनिएपनि समानुपातिकको सूची समेत हेर्न नदिएको भन्दै आक्रोस पोखेका छन् ।

त्यस्तै प्रदिप पौडेलले अहिलेको नेतृत्वप्रति आफूहरुको विश्वास नै नभएको भन्दै उनले कांग्रेस अब नयाँ ढंगले अघि बढ्नु पर्ने बताए । कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङले सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरु मण्डले भएको बताउदै देउवामाथि नै शंका छ भनेपछि देउवाले गुरुङलाई रोक्दै विमलेन्द्र निधिलाई बोल्न समय दिएका थिए ।

त्यस्तै अर्का नेता चन्द्र भण्डारीले देउवालाई लक्षित गर्दै राजनीतिक भ्रष्टाचार गरेको र कोटरीको भरमा पार्टी चलाएको आरोप लगाए । 

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टीको पराजयका बारेमा अर्को बैठकमा विस्तृत समीक्षा गर्नुपर्ने बताउँदै राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन, अन्य दलसँगको सहकार्य, आसन्न निर्वाचनमा पार्टीका उम्मेदवार र मतदातालाई प्रशिक्षण दिनुपर्नेलगायत विषयमा धारणा राखे । 


बैठकमा देउवाले काँग्रेसको नेतृत्वमा निर्माण भएको संविधान कार्यान्वयनको एउटा महत्वपूर्ण चरण काँग्रेसकै नेतृत्वमा पूरा भएको बताए । देउवाले भने “निकट भविष्यमा पार्टीको महासमिति बैठक बस्नेछ, राज्यको पुनःसंरचनाअनुसार पार्टीको विधानमा संशोधनका साथै पार्टीको आगामी रणनीति तय गर्न उक्त बैठकले दिशानिर्देश गर्नेछ, पार्टीका सबै तह र भ्रातृ एवं शुभेच्छुक संस्थासमेतमा नवीन रक्तसञ्चार गर्न केही नयाँ योजना र कार्यक्रमका साथ अघि बढ्ने छौँ”, प्रधानमन्त्री देउवाको सम्बोधनलाई उद्धृत गर्दै प्रवक्ता शर्माले बताए । 

माघ २४ गते निर्धारित राष्ट्रियसभा निर्वाचनको उम्मेदवारी दर्ता माघ १० गते हुन लागेको सन्दर्भमा तत्कालै उम्मेदवारी चयन र निर्वाचनको तयारीमा बैठक केन्द्रित हुनुपर्ने बताउँदै प्रधानमन्त्री एवं सभापति देउवाले तत्काल केहीदिनमै केन्द्रीय कार्यसमितिको अर्को बैठक बोलाई पुनः लामो छलफल र बहस गरिने जानकारी गराए । 

मधेशी जनाधिकार फोरम (लोकतान्त्रिक) काँग्रेसमा समाहित भएपछि सो पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदार आज पहिलोपटक काँग्रेस केन्द्रीय समिति बैठकमा विशेष आमन्त्रित सदस्यका रुपमा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह