२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस बैठकमा सभापतिमाथि खोइरो, कसले के भने ?

२०७४, ४ माघ बिहीबार ११:१४

माघ ४, काठमाडौं । निर्वाचन पछी नेपाली कांग्रेस बैठकमा सभापतिमाथि अधिकांस नेताहरुले बिभिन्न आरोप लगाएका छन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा चुनावी समिक्षा भइरहँदा अधिकांश नेताहरुले प्रधानमन्त्री समेत रहेका देउवाप्रति तीव्र आक्रोस पोखेका हुन् । बालुवटारमा जारी बैठकको एजेण्डाका रुपमा राष्ट्रियसभा निर्वाचन प्रस्तुत गरिएको थियो । साथै सभापति देउवाले चुनावी समिक्षाका लागि छिट्टै बैठक बोलाउने आश्वासन दिँदै राष्ट्रियसभा निर्वाचनबारे छलफल गर्न प्रस्ताव गरेका थिए । तर, बैठकमा बोल्ने अधिकांशले चुनावी समिक्षा गर्दै नेतृत्वको चर्को आलोचना गर्न थालेपछी देउवालाई दवाब थपिएको छ  ।

 

देउवाको पक्षमा बोल्दै महेन्द्र यादवले कांग्रेस दोस्रो दल बनेको र मत बढेको भन्दै निर्वाचन गराउनु नै देउवाको ठूलो सफलता भएको बताएका छन् । बैठकमा अर्जुननरसिंह केसीले पार्टीमा सभापति मात्र नभई छायाँ सभापति मान्नु पर्ने अवस्था आएको बताउँदै आफूलाई कार्यसम्पादन समिति र संसदीय समितिको सदस्य भनिएपनि समानुपातिकको सूची समेत हेर्न नदिएको भन्दै आक्रोस पोखेका छन् ।

त्यस्तै प्रदिप पौडेलले अहिलेको नेतृत्वप्रति आफूहरुको विश्वास नै नभएको भन्दै उनले कांग्रेस अब नयाँ ढंगले अघि बढ्नु पर्ने बताए । कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङले सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरु मण्डले भएको बताउदै देउवामाथि नै शंका छ भनेपछि देउवाले गुरुङलाई रोक्दै विमलेन्द्र निधिलाई बोल्न समय दिएका थिए ।

त्यस्तै अर्का नेता चन्द्र भण्डारीले देउवालाई लक्षित गर्दै राजनीतिक भ्रष्टाचार गरेको र कोटरीको भरमा पार्टी चलाएको आरोप लगाए । 

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टीको पराजयका बारेमा अर्को बैठकमा विस्तृत समीक्षा गर्नुपर्ने बताउँदै राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन, अन्य दलसँगको सहकार्य, आसन्न निर्वाचनमा पार्टीका उम्मेदवार र मतदातालाई प्रशिक्षण दिनुपर्नेलगायत विषयमा धारणा राखे । 


बैठकमा देउवाले काँग्रेसको नेतृत्वमा निर्माण भएको संविधान कार्यान्वयनको एउटा महत्वपूर्ण चरण काँग्रेसकै नेतृत्वमा पूरा भएको बताए । देउवाले भने “निकट भविष्यमा पार्टीको महासमिति बैठक बस्नेछ, राज्यको पुनःसंरचनाअनुसार पार्टीको विधानमा संशोधनका साथै पार्टीको आगामी रणनीति तय गर्न उक्त बैठकले दिशानिर्देश गर्नेछ, पार्टीका सबै तह र भ्रातृ एवं शुभेच्छुक संस्थासमेतमा नवीन रक्तसञ्चार गर्न केही नयाँ योजना र कार्यक्रमका साथ अघि बढ्ने छौँ”, प्रधानमन्त्री देउवाको सम्बोधनलाई उद्धृत गर्दै प्रवक्ता शर्माले बताए । 

माघ २४ गते निर्धारित राष्ट्रियसभा निर्वाचनको उम्मेदवारी दर्ता माघ १० गते हुन लागेको सन्दर्भमा तत्कालै उम्मेदवारी चयन र निर्वाचनको तयारीमा बैठक केन्द्रित हुनुपर्ने बताउँदै प्रधानमन्त्री एवं सभापति देउवाले तत्काल केहीदिनमै केन्द्रीय कार्यसमितिको अर्को बैठक बोलाई पुनः लामो छलफल र बहस गरिने जानकारी गराए । 

मधेशी जनाधिकार फोरम (लोकतान्त्रिक) काँग्रेसमा समाहित भएपछि सो पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदार आज पहिलोपटक काँग्रेस केन्द्रीय समिति बैठकमा विशेष आमन्त्रित सदस्यका रुपमा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह