२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

राजधानी माग्दै जनप्रतिनिधिद्वारा सडक मै धर्ना

२०७४, ५ माघ शुक्रबार ०६:२७

माघ ५, भक्तपुर | सरकारले ३ नम्बर प्रदेशको अस्थायी राजधानी मकवानपुरको हेटौँडालाई तोकेपछि भक्तपुरमा यसको विरोध गर्दै आन्दोलन शुरु भएको छ । 

जिल्ला समन्वय समिति भक्तपुर र मध्यपुरथिमि नगरपालिकाको नेतृत्वमा प्रदेश राजधानी भक्तपुर हुनुपर्ने माग गर्दै आन्दोलन शुरु भएको हो । आन्दोलनको पहिलो दिन बिहीबार सानोठिमी चोकमा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको नेतृत्वमा मध्यपुरथिमि, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, बुद्धिजीवी र स्थानीय बासिन्दाले सडक मै धर्ना दिई प्रदर्शन गरेर सडक बन्द गराएका छन् । 

कार्यक्रममा विरोधपछि भएको कोणसभामा बोल्दै प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले सरकारले खटाएको प्राविधिक टोली, जिल्ला समन्वय समिति र दलीय प्रतिनिधिको सुझावलाई लत्याउँदै सरकारले गरेको निर्णय तत्काल सच्याएर भक्तपुरलाई प्रदेश राजधानी घोषणा गर्न माग गर्नुभयो । 

भक्तपुरलाई अस्थायी राजधानी बनाउन ३ नं प्रदेशका १२ जिल्लाको समर्थन रहेको दाबी गर्दै बस्नेतले भन्नुभयो, “सरकारले अदूरदर्शी निर्णय गरेको छ, बिहीबार दिउँसोसम्म भक्तपुरलाई नै ३ नं प्रदेश बनाउने तयारी गरे पनि साँझ एकलौटी निर्णय गरी हेटौँडालाई प्रदेशको अस्थायी राजधानी तोकियो । यो निर्णय सच्याएर भक्तपुरलाई नै प्रदेश राजधानी बनाउन माग गर्छौं, अन्यथा आन्दोलनलाई चर्काउँछौँ ।” 

धर्नामा बोल्दै प्रदेश सदस्य शशीजंग थापाले हेटाँैडा सिफारिस मै नपरेको र अन्य जिल्लालाई समेत पायक नपर्ने दाबी गर्दै भन्नुभयो– “प्राविधिक टोलीले समेत भक्तपुर उपयुक्त भनेको, सबै जिल्लालाई पायक पर्ने क्षेत्र पनि भक्तपुर र सरकारले प्रदेश राजधानीका लागि पूर्वाधार निर्माणमा लगानीसमेत गर्नु नपर्ने भएकाले एक मात्रै विकल्प भक्तपुर भएकाले निर्णय सच्याउन माग गर्दछौँ ।” 

कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले भक्तपुरको सानोठिमीलाई प्रदेश राजधानी नतोकी हेटाँैडा तोकिएकोमा आन्दोलनको शुरु गरेको बताउँदै भन्नुभयो– “सानोठिमीलाई प्रदेश राजधानी बनाउन नगरपालिकाले आन्दोलनको नेतृत्व लिएको छ, माग पूरा नभएसम्म आन्दोलन जारी रहन्छ ।” 

नगरपालिकाले आज पनि मध्यपुरथिमिको बहाखा बजारमा सडकमा धर्ना, प्रदर्शन र सडक बन्द गरी विरोध गर्ने भएको नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । 

यसअघि बिहीबार जिल्ला समन्वय समिति, भक्तपुरले आयोजना गरेको बृहत् छलफलबाट ३ नं प्रदेश राजधानी हेटाँैडा तोक्ने सरकारको निर्णय सच्याउन माग गरेको थियो । जिससमा भक्तपुरको छलफलमा प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, समानुपातिक सदस्य, दलीय प्रतिनिधि, बुद्धिजीवी, पत्रकार र बुद्धिजीवीसहित सरोकारवालाको छलफलले आन्दोलन गर्ने घोषणा गर्दै सरकारलाई तत्काल निर्णय सच्याउन माग गरेको जिल्ला समन्वय समिति, भक्तपुरका प्रमुख नवराज गेलालले बताउनुभयो । 

भक्तपुरले प्रदेश राजधानी माग्दै आन्दोलन शुरु गरिसकेकाले प्रधानमन्त्री, विभिन्न पार्टीका अध्यक्षलाई ज्ञापनपत्र बुझाउने, प्रतिनिधि तथा प्रदेश सदस्यसँग छलफल गर्ने र थप आन्दोलनका कार्यक्रम घोषणा गरिने बताउनुभयो । 

एमाले, काँग्रेस र माओवादी केन्द्रको एउटै माग 

एमाले भक्तपुर जिल्ला अध्यक्ष राजेन्द्र राजथला र नेकपा (माओवादी केन्द्र) भक्तपुरका संयोजक डिपी ढकालले सरकारले निर्णय सच्याएर भक्तपुरलाई ३ नं प्रदेशको राजधानी नबनाए कडा आन्दोलन गर्न बाध्य हुने बताउनुभयो । 

यता नेपाली काँग्रेसका जिल्ला सभापति दुर्लभ थापाले सरकारको निर्णयलाई सच्याउन माग गर्दै हेटाँैडा ३ नं प्रदेश राजधानी मान्य नभएको बताउँदै सबै जिल्लालाई पायक पर्ने भक्तपुर मात्रै एक जिल्ला रहेकाले भक्तपुरलाई नै प्रदेश राजधानी तोक्न माग गर्नुभयो । 

प्रदेश सांसद राजेन्द्रमान श्रेष्ठ, हरिशरण लामिछाने, सरस्वती वाटी, रजनी जोन्छे, पूर्व सांसद केदार सञ्जेलले सरकारले खटाएको प्राविधिक टोलीले नै सानोठिमी उपयुक्त भएको प्रतिवेदन दिएकाले प्रदेश राजधानीका लागि शान्तिपूर्ण आन्दोलन गर्नुपर्ने बताउनुभयो ।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह