१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रियसभा सदस्य निर्वाचन २१ दललाई निर्वाचन चिह्न प्रदान

५ माघ २०७४, शुक्रबार ०७:१८

माघ ५, काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि दर्ता भएका २१ वटा राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको छ । 

आयोगले नेकपा एमालेलाई (सूर्य), नेपाली काँग्रेस (रुख), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) (गोलाकारभित्र हँसिया हथौडा) संघीय समाजवादी फोरम नेपाल (हातले समातेको मसाल) र राष्ट्रिय जनता पार्टी नेपाललाई छाता निर्वाचन चिह्न प्रदान गरेको छ । 

नेपाल संघीय समाजवादी पार्टीलाई (बस), नेपाल मजदूर किसान पार्टी (मादल), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (दापसहितको खुकुरी), बहुजन शक्ति पार्टी (जग), नेपाल परिवार दल (साँचो), राष्ट्रिय जनमोर्चालाई (गिलास), नेपाल नौलो जनवादी पार्टी (चुच्चोले चिट्ठी बोकेको परेवा) चिन्ह दिइएको छ । 

यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकलाई (गोलाकारभित्र हलो) विवेकशील साझा (तराजु), नयाँ शक्ति पार्टी नेपाल (देब्रे आँखा), नेपाल दलित पार्टी (इनार) राष्ट्रिय प्रजातन्त्र पार्टी (गाई), बहुजन समाज पार्टी नेपाल (जिराफ), गान्धीवादी पार्टी नेपाल (भेडा), नेपाली जनता दल (गोरुगाडाको चक्का पाङग्रो) र राष्ट्रिय मुक्ति आन्दोलन नेपालका उम्मेदवार (षटकोण) चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्ने निर्वाचन आयोगको सूचनामा जनाइएको छ । 

राष्ट्रियसभा सदस्यको निर्वाचन यही माघ २४ गते हुँदैछ । उक्त निर्वाचनमा २०५६ जना मतदाताले भाग लिनेछन् । राष्ट्रियसभा सदस्यमा प्रत्येक प्रदेशबाट आठजना संख्यामा सदस्यको छनोट हुनेछ । राष्ट्रियसभा सदस्यको निर्वाचनमा गाउँपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभा सदस्य मतदाता हुने व्यवस्था रहेको छ । 

कूल ५९ सदस्यीय राष्ट्रियसभामा सरकारको सिफारिशमा तीनजना सदस्यको राष्ट्रपतिबाट मनोनयन हुने संवैधानिक व्यवस्था रहेको छ । राष्ट्रियसभा संघीय संसद्को माथिल्लो सदन हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह