२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सीमा सर्वेक्षण टोलीले गरेका कार्यप्रगति जानकारी गराउन विवेकशीलको आग्रह

२०७४, ५ माघ शुक्रबार ०७:३२

माघ ५, काठमाडौँ | विवेकशील साझा पार्टी नेपालले नेपाल–भारत सीमा सर्वेक्षण टोलीले सीमामा गरेको कार्यप्रगतिबारे देशवासीलाई जानकारी गराउन सरकारसँग आग्रह गरेको छ । 

साझा पार्टीका प्रवक्ता रमेश पौडेलले आज विज्ञप्ति जारी गर्दै टोलीले हालसम्म ‘हराएका र क्षतिग्रस्त पिलर’ बारेको अवस्था, पिलरको निर्माण तथा मर्मतकार्यको सिलसिलामा सर्वेक्षण कार्यमा प्रयोग भएको प्रविधि, ऐतिहासिक तथ्य एवं नापनक्साका बारेमा जानकारी सरकारलाई आग्रह गरेको हो । 

साझा पार्टीले देशको सीमानाजस्तो संवेदनशील विषयलाई गम्भीरतापूर्वक लिएर कहीँकतैबाट नेपालको भौगोलिक अखण्डता, सार्वभौमसत्ता, राष्ट्रियता र स्वाधीनतामा आँच आउनेखालका कुनै पनि गतिविधि हुन नदिन सरकारलाई दृढ रहन पनि आग्रह गरेको छ । 

साझा पार्टीले सिमाना मिचिएका कुरा नेपालका सीमाविद्ले गम्भीर चिन्ता व्यक्त गर्दा पनि सरकारले केही प्रतिक्रिया नजनाएको उल्लेख गरेको छ । 

नेपाल र भारतले संयुक्तरूपमा गरिरहेको ‘हराएका र क्षतिग्रस्त पिलर’को निर्माण र मर्मतका क्रममा वीरगञ्ज महानगरपालिका–१, छप्कैया क्षेत्रमा स्थानीयवासीको ३० बिगाहाभन्दा बढी जमिन मिचिएको भन्नेबारे पनि ध्यानाकर्षण भएको साझा पार्टीले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह