१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काँग्रेस बैठक आज पनि जारी

५ माघ २०७४, शुक्रबार ०७:३६

माघ ५, काठमाडौँ  | प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यले बोल्ने क्रम जारी रहेकाले बैठक आज पनि जारी छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबारदेखि शुरु भएको बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीको तयारी, उम्मेदवार चयन प्रक्रिया, अन्य दलसँगको सहकार्य, निर्वाचनमा पार्टी पराजयको समीक्षालगायत विषयमा छलफल भइरहेको पार्टी कार्यालयले जनाएको छ । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि काँग्रेस केन्द्रीय कार्यसमिति बैठक पहिलोपटक बसेको हो । 

बिहीबारको बैठकमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरू विमलेन्द्र निधि, चन्द्र भण्डारी, दीपक गिरी, शंकर भण्डारी, कल्याण गुरुङलगायत दुई दर्जन बढी नेताले बोल्नुभएको थियो । 

बैठकमा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति देउवाले हालै सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको परिणाम काँग्रेस अनुकूल आउन नसकेका कारणबारेमा व्यापक छलफल र अन्तक्र्रिया गर्न जरुरी रहेको बताउनुभएको थियो । 

उहाँले निकट भविष्यमा पार्टीको महासमिति बैठक बस्ने र राज्यको पुनःसंरचनाअनुसार पार्टीको विधानमा संशोधनका साथै पार्टीको आगामी रणनीति तय गरिनेसमेत बताउनुभएको थियो । 

बैठकमा केन्द्रीय सदस्यहरुले पार्टीको पराजयमा नेतृत्वको आलोचना र समीक्षा, राष्ट्रियसभा निर्वाचनमा पार्टीको तयारी, महासमिति बैठक बोलाउनुपर्ने, पार्टीको रुपान्तरणका लागि नयाँ रणनीति बनाउनुपर्नेलगायत विषयमा जोड दिनुभएको थियो । 

त्यस्तै राष्ट्रियसभा निर्वाचनमा पार्टीका उम्मेदवार र मतदातालाई प्रशिक्षण दिनुपर्ने, सातै प्रदेशमा केन्द्रीय प्रतिनिधि र प्राविधिक टोली खटाउनेबारेमा समेत छलफल भइरहेको केन्द्रीय सदस्य बालकृष्ण खाँणले बताउनुभयो । सरकारले यही माघ २४ गते राष्ट्रियसभाको सदस्य निर्वाचनका लागि मिति घोषणा गरेको छ । 

प्रतिनिधिसभाको निर्वाचनपछि पार्टीमा संगठन सुदृढीकरणका साथै केन्द्रीय कार्यसम्पादन र संसदीय समिति विघटन गर्नुपर्ने, केन्द्रीय विभाग गठन गर्नुपर्ने, केन्द्रीय समितिलाई पूर्णता, भ्रातृसंस्थालाई पूर्णता एवं प्रभावकारी परिचालन गर्न माग उठिरहेको सन्दर्भमा यो बैठक बसेको हो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह