२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

सांसद डा यादवले गरे मधेश आन्दोलनका शहीद परिवारसँग भेटघाट

२०७४, ५ माघ शुक्रबार ०८:०५

माघ ५ , महोत्तरी | प्रतिनिधिसभा सदस्य डा सुरेन्द्र यादवले दोस्रो मधेश आन्दोलनाका शहीद परिवारसँग भेट गरी सिरक प्रदान गर्नुभएको छ । 

मधेस आन्दोलन ११ औं वर्ष पुगेको अवसरमा उहाँले शहीद रामविवेक यादव, अमित कापर, वीरेन्द्र बिच्छालगायतका परिवारलाई सिरक प्रदान गर्नुभएको हो । 

भेटमा शहीद रामविवेककी आमा इन्दोदेवीले आफ्नो सहारा एकमात्र छोरो गुम्दा घरपरिवार सञ्चालनमा निकै कठिनाइ भएको पिडा सुनाउनुभयो । बस्ने घर जीर्ण भएको र मर्मत गर्नसमेत नसकेकाले उहाँले सहयोगको अपेक्षा पनि गर्नुभयो । 

त्यस्तै जलेश्वर नगरपालिका–१४ का शहीद अमित कापरका घरपरिवारले पनि कमाइ गर्ने अविभावक नै नहुँदा घर धान्न मुस्किल भएको बताए । जलेश्वर नगरपालिका–८ का जिउँदा शहीद नगेन्द्र साहले आजसम्म डा यादवबाहेक कुनैपनि नेताले आफ्ने अवस्थासमेत हेर्न नआएको दुःखेसो गर्दै उहाँले पुर्याउनुभएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । 

अहिले साहले एउटा सानो किराना पसल खोलेर गुजारा चलाउँदै हुनुहुन्छ । पाखुर नचल्दा कुनै पनि गहु्रङ्गो काम गर्न समस्या हुने गरेको उहाँको भनाइ छ । 

शहीद परिवारसँग भेटघाटपश्चात् यादवले अब बन्ने प्रदेश सरकारबाट शहीद परिवारको समस्या स्थायीरुपमै समाधानका लागि पहल गर्ने र रोजगारीको अवसर प्रदान गर्नेतर्फ ध्यान दिने प्रतिबद्धता व्यक्त गर्दै डा. यादवले महोत्तरीपछि धनुषाका शहीद घरपरिवारमा पुग्ने यादवले जानकारी दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह