१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

वर्षमान पुनले उद्घाटन गरे रोल्पा नगरपालिका ४ को वडा कार्यालयको नयाँ भवन

५ माघ २०७४, शुक्रबार १४:४३

मनिषा राई/माघ ५, रोल्पा ।रोल्पा नगरपालिका–४ को वडा कार्यालयको नयाँ भवनको उद्घाटन गरिएको छ । 

भवनको आज पूर्व अर्थमन्त्री एवं रोल्पाबाट निर्वा्चित प्रतिनिधिसभा सदस्य वर्षमान पुनले उद्घाटन गर्नुभएको हो । भवन उद्घाटन समारोहमा बोल्दै प्रतिनिधिसभा सदस्य वर्षमान पुन ‘अनन्त’ले प्रदेश नम्बर पाँचको अस्थायी केन्द्रका विषयमा आन्दोलन र विरोध चलिरहेका बेलासरकारले निर्णयमा पुनर्विचार गर्नुपर्ने बताउनुभएको छ । सिंहदरबार केन्द्रीत अधिकारलाई गाउँमा पु¥याउने संघीयताको मर्म्विपरित प्रदेश केन्द्र तोकेर सरकारले गम्भिर गल्ती गरेको उहाको भनाई छ ।

नेता वर्षमान पुनले सबैले अनुमान गरेको, उच्च अदालत र प्रदेश प्रहरीको अस्थायी केन्द्र पनि दाङमा राखिसकेको, निर्वाचन आयोगले समेत राष्ट्रिय सभाको निर्वाचनको लागि पनि अस्थायी केन्द्र दाङ तुलसीपुर राखिसकेको सन्दर्भमा सबैले अस्थायी केन्द्र दाङ नै हुन्छ भन्ने मानसिकता बनाइसकेका बेला आश्चर्यचकित पार्ने गरी निर्णय गरेको भन्दै त्यसको विरोध गर्नुभयो ।


संक्रमणकालीन सरकारले झनै संक्रमणकालीन निर्णय गरेको भन्दै उहाले अहिले दाङमै तोकेर पछि निर्वा्चित जनप्रतिनिधिहरुले जहाँ पायक ठान्नुहुन्छ दुईतिहाईका आधारमा त्यही लैजानसक्ने बताउनुभयो । संघीयता भनेको निकटता भएको भन्दै उहाले सरकारले संघीयताको अर्थनै नबुझेको आरोप लगाउनुभयो ।

अनन्तले आन्दोलनरत जनताले पनि यसलाई संयमतापूर्वक लिनुपर्ने बताउनुभयो । उछ्ंखल गतिविधि गर्दा जनता आफैले दुःख पाउने अवस्था हुने भएकाले आन्दोलनरत जनतालाई संयम बन्न आग्रह गर्दै अनन्तले यसलाई राजनीतिक तहबाट सुगमता र निकटता हेरेर नयाँ व्यवस्था गर्न पहल गर्ने बताउनुभयो ।

पूर्व अर्थमन्त्री समेत रहेका वर्षमान पुन ‘अनन्त’ले प्रदेशसभा सदस्यहरुको दुईतिहाई बहुमतले केन्द्र तोक्ने व्यवस्था भएकाले त्यसतर्फ ख्याल गर्दै जनप्रतिनिधिहरुले जनतालाई संयमित बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । 

प्रदेशसभा सदस्यहरुले अहिले नै यसविषयमा आपसी समझदारी गरी केन्द्रका विषयमा परिपक्व धारणा बनाउन पनि उहाले आग्रह गर्नुभयो । रोल्पाको खुंग्रीमा आयोजित चतुर्भूज महोत्सवको उदघाटन गर्न अनन्त रोल्पा पुग्नुभएको हो ।

त्यसैगरी रोल्पा नगरपालिका प्रमुख तथा कार्यक्रमका अध्यक्ष पुर्ण केसिले समितीले टोकेकै समयमा काम सम्पन्न गरेकाले नगरपालीका अत्यन्त खुसिभएको प्रतिकृया दिनुभयो ।

भवन उद्घाटन समारोहमा निवर्तमान सभामुख ओनसरी घर्तीमगरको समेत विशिष्ट आतिथ्यता रहेको थियो । उक्त भवन रोल्पा नगरपालिकाको ६५ लाख ७५ हजारमा निर्माण भएको रोल्पा नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत कमानसिङ थापामगरले जानकारी दिनुभयो ।

वडाध्यक्ष नवराज आचार्यको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सन्चालन पत्रकार देवि गुरुङले गर्नुभएको थियो । स्थानीयतहको निर्वाचन सम्पन्न पछि रोल्पाको पहिलो वडा कार्यालय भवन निर्माण गरिएको हो ।

कार्यक्रममा प्रदेश सभा सदस्य दिपेन्द्र पुन सिजल, प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टाराई, जिल्ला समन्वय समितीका संयोजक राज वहादुर वुढा, जिल्ला समन्वय समिति अधिकारी सुशिल वैद्य, विभिन्न राजनितीक दलका प्रमुख तथा प्रतिनिधी, पत्रकार लगाएतको समेत उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह