२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डोटी: क्षेत्रिय कार्यलयमा तालाबन्दीसहित ‘हातेसाङ्लो’बाट घेराबन्दी

५ माघ २०७४, शुक्रबार १५:२३

प्रकाश बम/माघ ५, डोटी । ७ नम्बर प्रदेशको अस्थायी मूकाम धनगढी तोकेपछि डोटेली जनता निकै आक्रोशित बन्दै गएका छन् । 

दिन प्रतीदिन आन्दोलनकारीहरुको भीड उग्र बन्दै गएको छ । आज दिउँसो क्षेत्रीय प्रशासन कार्यालय दिपायलमा ‘हातेसाङ्लो’ बनाएर घेराबन्दी गर्दै सरकारको बिपक्षमा नाराबाजी गरेका छन् । 


दिपायल, पिपल्ला बजार हुँदै क्षेत्रीय प्रशासन कार्यालय रहेको राजपुर बजार परिक्रमा गर्दै प्रदर्शनकारीहरुले क्षेत्रीय कार्यालयहरु घेराबन्दी गरेका हुन् । सरकारले जनाताको भावना बिपरीत धनगढीमा अस्थाई राजधानी तोकिएको दिन देखि आन्दोलन झन् चर्किदै गएको छ । 

आज देखि डोटीको बूडरमा पनि सडक अबरुद्ध गरीएको  सघर्ष समितीका अध्यक्ष एबं  डोटी उद्योग बाणीज्य संघका अध्यक्ष  नरेन्द्र खडकाले बताउनु भयो । भीमदत्त राजमार्ग अन्तर्गत डोटीको बुडरमा  नाकाबन्दी गरेपछि सुदूरपश्चिमका ७ वटै जिल्लाको तराईबाट डोटी ,डडेल्धुरा बैतडी अछाम बझाङ्क बाजुरा  र दाचूर्ला आउने यात्रु अलपत्रहरु परेका छन् ।


यसअघि बिहान कार्यालय समयमा स्थानीय नेता जीत बहादुर खड्काको नेतृत्वको आन्दोलनकारीहरुको टोलीले सम्पूर्ण क्षेत्रीय कार्यालयका प्रशासन तथा प्रमूखका कार्यकक्षमा तालाबन्दी गरेको छ । 

बन्दकै बिचमा केही कर्मचारीहरु हाजिर गर्ने गरेको सूचना आएकाले तालाबन्दी गर्नुपरेको खड्काले बताउनुभयो । पत्रकारमाथि दमन झडपका क्रममा समाचार संकलन गर्न पुगेका पत्रकारहरुमाथि पनि प्रहरीले दमन गरेको छ । 


पत्रकार बसेको ठाउँमा अश्रुग्याँस प्रहार गर्नुका साथै पत्रकारमाथि लाठिचार्ज समेत गरेको हो । सोही क्रममा नेपाल पत्रकार महासंघ डोटी शाखाका सचिव गणेश मौनी, कारोबार दैनिकका डोटी संबाददाता भूमिराज जोशी, प्रेस चौतारी डोटीका अध्यक्ष झलक पाली, अन्नपूर्ण पोष्टका संबाददाता खगेन्द्र सिँह, जनता टेलिभिजका संबाददाता रोजेन्द्र जोशी, अनलाईनखबरका संबाददाता रामहरी ओझा र अर्का पत्रकार चक्र बहादुर कठायत घाईते भएका छन् । 

जसमध्ये भूमिराज जोशी र चक्र बहादुर कठायतलाई प्रहरीले कुटपिट गरेको छ भने, अन्यलाई अश्रुग्याँस लागेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट