२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रियसभा सदस्यका लागि एमालेले प्रदेश २ बाट ५५ जना सिफारिश गर्यो

२०७४, ६ माघ शनिबार ०५:५२

माघ ६, लहान । नेकपा (एमाले) २ नं प्रदेश संगठन समितिले राष्ट्रियसभाका लागि सो प्रदेशबाट ५५ जनाको नाम सिफारिश गरेको छ ।

एमाले प्रदेश संगठन समितिको राजविराजमा शुक्रबार सम्पन्न बैठकले प्रदेश नं २ बाट निर्वाचित हुने आठ राष्ट्रियसभा सदस्यका लागि ती नाम सिफारिश गर्ने निर्णय गरेको एमाले २ नं प्रदेश संयोजक एवं स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले जानकारी दिए ।

सोअनुसार सिरहाबाट रामचन्द्र यादव, जया घिमिरेसहित १३, सप्तरीबाट सुमनराज प्याकुरेल, धनुषाबाट रत्नेश्वर गोइत, यदुवंश झा, भोला साहसहित १२, पर्साबाट प्रभु हजरा र निर्मला देवकोटासहित ११ जनाको नाम सिफारिश गर्ने निर्णय भएको छ ।

मण्डलका अनुसार, रौतहटबाट रोहित पासवान, बिना साहसहित पाँच, सर्लाहीबाट कमलादेवी महतो, रेवती पन्त, सुरेन्द्र लामासहित पाँच, बाराबाट दिनेशकुमार राय, पुरुषोत्तम पौडेलसहित चार र महोत्तरीबाट रामदयाल मण्डलसहित चार जनाको नाम सिफारिश भएको छ ।

सिफारिश गरिएकाबाट एमालेले छनोट गरी एमाले र माओवादी केन्द्रको कार्यदल बैठकले अन्तिम रुप दिने बताइएको छ ।

हरेक प्रदेशबाट तीन महिला, तीन अन्य, एक दलित र अपांग वा अल्पसंख्यकबाट एक जना निर्वाचित हुनेछन् । यसैगरी राष्ट्रियसभा निर्वाचनको तयारीका लागि माओवादीसँग समन्वय गरी प्रदेश नं २ मा मतदाताबीच भेला राखिने निर्णय भएको एमाले प्रदेश सहसंयोजक नागेन्द्र चौधरीले जानकारी दिए ।

सोअनुसार सर्लाही, धनुषा र महोत्तरीका मतदाताको भेला यही माघ ११ गते जनकपुर, बारा, पर्सा र रौतहटको माघ १२ गते बारा तथा सप्तरी र सिरहाको माघ १३ गते लहानमा भेला गरिने बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह