२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजधानी माग्दै दाङका महिला हातमा थाली लिएर सडकमा उत्रिए

६ माघ २०७४, शनिबार १०:०४

माघ ६, दाङ । यहाँका महिला राजधानी माग गर्दै सडकमा उत्रिएका छन् । 

दाङमा जारी आन्दोलनको आज पाँचौँ दिन महिला राजधानीको मागसहित सरकारको निर्णय फिर्ताको माग गर्दै सडकमा आएका हुन् । 

उनीहरुले तत्काल सरकारले निर्णय सच्याउनुपर्ने, नेता पनि सडकमा आउनुपर्ने माग गर्दै तुलसीपुर बजारमा प्रदर्शन गरेका छन् । गाउँगाउँबाट बजारमा आएर सडक तताएका महिलाले हातहातमा थाली, डाडु, चम्चा र भाडा लिएर सडकमा आन्दोलित भएका छन् । 


उनीहरुले ¥यालीमा भाडा बजाउँदै विरोध जनाएका छन् । सरकारले प्रदेश नं ५ को अस्थायी मुकामा दाङ नतोकेको भन्दै निर्णय फिर्ता नहुञ्जेल आफूहरुको आन्दोलन जारी रहने बताएका छन् । 

महिलाले आन्दोलनलाई थप सशक्त गराउँदै लैजाने महिला अधिकारकर्मी सुष्मा गिरीले बताउनुभयो । “हरेक हिसाबले उपयुक्त रहेको जिल्लालाई उपेक्षा गरेर अवैज्ञानिक ढंगले अस्थायी मुकाम रुपन्देही तोकिएको छ, यो निर्णय हामी महिला दिदी बहिनी र दाङवासीलाई कदापि मान्य छैन” गिरीले भन्नुभयो । 


त्यसैगरी महिला नेत्री सावित्रा गुरुङले पनि अब महिला आन्दोलनलाई थप सशक्ति बनाउँदै लैजाने बतानुभयो । 

महिलाले आफूहरुले सडक संर्घषलाई निर्णय फिर्ता नलिँदासम्म जारी राख्ने बताएका छन् । त्यसैगरी तुलसीपुरमा महिलाले आन्दोलन थालेका छन् भने अन्य दल र संघ संस्थाले राजमार्ग केन्द्रित आन्दोलन गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ