६ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले–माओवादी एकताबाट प्रतिक्रियावादीहरु आत्तिए: दाहाल

६ माघ २०७४, शनिबार १४:०८

माघ ६, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) र माओवादी केन्द्रबीचको पार्टी एकतालाई अनुमोदन गरेकाले पछाडि फर्केर जाने अवस्था कोही कसैलाई नभएको बताउनुभएको छ । 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज पार्टी निकट जनसांस्कृतिक महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “नेपाली जनताले पार्टी एकतालाई स्वीकार गरिसकेका छन् । अनुमोदन गरिसकेका छन् ।” 

पार्टीभित्रका केही व्यक्तिले एकताको विरोध गरिरहेको भए पनि त्यसको कुनै औचित्य नभएको र त्यसले कुनै पनि प्रभाव नपार्ने उहाँको भनाइ थियो । 

“एमाले–माओवादी एकताबाट प्रतिक्रियावादीहरु आत्तिएका छन्”, अध्यक्ष दाहालले भन्नुभयो, “जनता खुशी हुँदा उहाँहरु किन निराश हुनुभयो ? नेपालमा राजनीतिक स्थिरता, समृद्धि र समाजवाद आउँदा उहाँहरुलाई के घाटा हुन्छ ? मैले बुझ्न सकेको छैन । आफूलाई लागेका विषय खुल्ला फोरममा छलफल गर्न छोडेर एकता र बहसबाट भाग्नेचाहिँ क्रान्तिकारी हुन सक्दैन ।” 

नेपाली राजनीतिक इतिहासमा एमाले र माओवादी एक अर्काका पूरकको भूमिकामा रहँदै आएको अध्यक्ष ‘प्रचण्ड’ले उल्लेख गर्नुभयो । 

विसं २०१९ पछि नेपालको कम्युनिष्ट आन्दोलनमा विभाजन आएको स्मरण गर्दै उहाँले अलगअलग समूहका रुपमा कम्युनिष्ट पार्टी अस्तित्वमा रहनुसमेत दुःखद् रहेको उहाँले बताउनुभयो । 

नेपालका कम्युनिष्टलाई सधैँ शत्रुको व्यवहार गरिँदै आएको भन्दै उहाँले एमालेलाई आक्रमण गर्ने शक्तिले नै माओवादी केन्द्रलाई समेत आक्रमण गरेको उल्लेख गर्नुभयो । 

विसं २०५७ को राष्ट्रिय सम्मेलनपछि प्रतिक्रियावादीको निशाना माओवादी बनेको भन्दै उहाँले त्यही शक्तिले एमालेलाई मित्र र हामीलाई दुश्मन देख्न थालेको स्पष्ट पार्नुभयो । नेपालको राजनीतिक इतिहासमा नियतमा नभए पनि वस्तुगतरुपमा एमालेले माओवादी र माओवादीले एमालेको रक्षा गर्न वस्तुगत भूमिका खेलेको भन्दै दुवै पार्टीको महत्व विशिष्ट रहेको अध्यक्ष ‘प्रचण्ड’ले बताउनुभयो । 

विश्वभरि कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगेको बेला नेपालमा फैलँदै गएको भन्दै उहाँले एमाले र माओवादी अलग अलग पार्टी हुनुपर्ने कारण नै नरहेको बताउनुभयो । 

शान्तिपूर्णरुपमै समाजवादको तयारी गर्ने भएकाले समान राजनीतिक कार्यदिशा भएपछि अलग अलग पार्टीको अस्तित्वमा रहिरहनु आवश्यक नभएको उहाँको कथन छ । 

अध्यक्ष दाहालले भन्नुभयो, “हामीले माओवाद छोडेका छैनौँ, एमालेले पनि जनताको बहुदलीय जनवाद छाडेको छैन । नेपालको राजनीतिक क्रान्तिमा माओवादको भूमिका छ भन्ने कुरामा एमालेका नेताहरु पनि सहमत हुनुहुन्छ, हामी पनि बहुदलीय राजनीतिक प्रतिस्पर्धामा आएका छौँ त्यसकारण समान राजनीतिक विचारधाराको हैसियतमा छौँ ।” 

नयाँ कम्युनिष्ट पार्टीको वैचारिक कार्यदिशाको संश्लेषण कसरी गर्ने ? भन्ने विषयमा आफूहरु छलफलमा नै रहेको भन्दै उहाँले जनयुद्धको भूमिका र इतिहासमा यसको योगदानबारे एमाले र आफूहरुबीच कुनै विवाद नभएको बताउनुभयो । 

उहाँले एकले अर्काको पूर्ण सम्मान गरेर र अहिलेको परिस्थिति सुहाउँदो वैचारिक कार्यदिशा बनाएर अगाडि बढ्ने भएकाले कुनै शंका नरहेको स्पष्ट पार्नुभयो । 

कार्यक्रममा अध्यक्ष ‘प्रचण्ड’ले महासंघले पार्टी एकताको वैचारिक र सैद्धान्तिक पक्षमा प्रष्टताको जरुरी रहेको आवश्यकता औँल्याउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति