१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्व बैंककी उपाध्यक्षको अर्थमन्त्रीसँग शिष्टाचार भेट

७ माघ २०७४, आईतवार ०८:३८

माघ ७, काठमाडौँ  | अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग नेपालको भ्रमणमा रहनुभएकी दक्षिण एशियाका लागि विश्व बैंककी उपाध्यक्ष एन्नेट डिक्सनले आज अर्थ मन्त्रालयमा शिष्टाचार भेट गर्नुभयो । 

त्यस अवसरमा उहाँहरूबीच नेपालको समसामयिक राजनीतिक अवस्था, आर्थिक गतिविधि, विकास प्रयास एवं उक्त बैंकको ऋण सहायतामा सञ्चालित परियोजनाबारे विचारविमर्श भएको अर्थ मन्त्रालयले जनाएको छ । 

मन्त्री कार्कीले नेपालको चौतर्फी विकासका निम्ति बैंकबाट प्राप्त सहुलियतपूर्ण ऋणका लागि आभार प्रकट गर्दै गरिबी, बेरोजगारी, अशिक्षाजस्ता विकासका बाधा हटाउन नेपाल सरकारले गम्भीर भएर काम गरिरहेको बताउनुभयो । 

उपाध्यक्ष डिक्सनले तीन तहका निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा नेपाल सरकारलाई बधाई दिंदै अब राजनीतिक स्थायित्वतर्फ उन्मुख नेपालको सामाजिक–आर्थिक विकासका लक्ष्य प्राप्तिमा बल पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो । 

भेटका बेला अर्थ मन्त्रालयका उच्च अधिकारी यहाँस्थित उक्त बैंकका देशीय निर्देशक चिम्याओ फ्यान तथा वरिष्ठ कर्मचारीको उपस्थिति थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह