१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेशसभाको पहिलो अधिवेशन माघ २१ मा हुने

७ माघ २०७४, आईतवार ०८:४८

माघ ७,जनकपुरधाम |  प्रदेश नं २ का प्रदेशसभा सदस्यको शपथ ग्रहण कार्यक्रम आज यहाँ सम्पन्न भएको छ । 

जनकपुरधामको उद्योग वाणिज्य संघको राजर्षि सभागृहमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले ७६ वर्षीय ज्येष्ठ प्रदेशसभा सदस्य लगनलाल चौधरीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो भने चौधरीले अन्य प्रदेशसभा सदस्यलाई शपथ गराउनुभयो । 

प्रदेश प्रमुखबाट शपथ ग्रहण आआफ्नो मातृभाषा गर्ने तर लिखित रूपमा नेपाली भाषामा शपथ ग्रहणपत्र बुझाउने निर्देशन भएपछि प्रदेशसभा सदस्यले सोको विरोध गर्दै आआफ्नो मातृभाषामा लेखन र वाचन गर्न माग गरेका थिए । 

कार्यक्रममा विवाद बढ्दै गएपछि प्रदेश प्रमुखले सो निर्देशनलाई सच्याउँदै आआफ्नो मातृभाषामा लेखन र वाचन गर्न निर्देशन दिएपछि प्रदेशसभा सदस्यले आआफ्नो मातृभाषामा शपथ लिएका थिए । 

सो अवसरमा प्रदेश प्रमुख कायस्थले सहकार्य गरी सौहार्दपूर्ण वातावरणमा प्रदेशलाई समृद्ध बनाउनुपर्नेमा जोड दिँदै प्रदेशसभाको पहिलो अधिवेशनबाट प्रदेशसभालाई समृद्ध बनाउने अवधारणा तय गर्नु आवश्यक रहेको बताउनुभयो । 

कार्यक्रममा प्रतिनिधिसभा सदस्य, उच्च अदालतका न्यायाधीश, क्षेत्रीय सुरक्षा प्रमुख, जिल्ला समन्वय समितिका सभापति, जिल्ला न्यायाधीश, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधि र कार्यालय प्रमुखको उपस्थिति थियो । 

प्रदेश नं २ को प्रदेशसभाको पहिलो अधिवेशन यही माघ २१ हुने भएको छ । जनकपुरधामको शैक्षिक तालिम केन्द्रको सभागृहमा बिहान ११ बजे अधिवेशनको तिथि तोकिएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह