१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सपथ ग्रहण: कर्णालीको मुहार फेर्नेगरी काम गर्ने सांसदहरुको प्रतिबद्धता

८ माघ २०७४, सोमबार ०३:१०

माघ ८, सुर्खेत । मसिर २१ गते सम्पन्न भएको प्रदेशसभाका निर्वाचित सदस्यहरुले आइतबार वीरेन्द्रदेगरमा सपथ ग्रहण गरेका छन् । 

सबैभन्दा पहिले प्रदेश प्रमुख दुर्गाकेशर खनालले जेष्ठ सदस्य हिमबहादुर शाहीलाई सपथ खुवाएका थिए । त्यसपछि जेष्ठ सदस्य हिमबहादुर शाहीले  बाँकी ३९ जना सदस्यहरुलाई सपथ खुवाएका हुन् ।

आइतबार बिहान नेपाली सेनाको हेलिकोप्टर चार्टर गरेर काठमाडौंबाट सुर्खेत पुगेका सांसदहरुले दिउँसो सपथ खाएका हुन्। काठमाडौंमा रहेका २४ जना सांसद र प्रदेश प्रमुख दुर्गाकेशर खनाल समयमा नै आउन नसकेपछि सपथको कार्यक्रम पनि ढिला सुरु भएको थियो।हेलिकोप्टरबाट आएपछि आइतबार मात्र प्रदेश प्रमुख खनालले आफ्ना पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण गरेसँगै उनले प्रदेशसभाका सांसदहरुलाई पनि पद तथा गोपनीयताको सपथ खुवाएका हुन्। खनालले प्रदेशसभाका जेष्ठ सदस्य हिमबहादुर शाहीलाई सपथ खुवाए।

जिल्ला समन्वय समितिको हलमा भएको एक समारोहमा शपथ खाएपछि जेष्ठ सदस्य शाहीले बाँकी सांसदहरुलाई शपथ खुवाएका छन्। दिउँसो १ बजे भएको कार्यक्रममा यो प्रदेशका प्रत्यक्षतर्फका २४ र समानुपातिकतर्फका १६ गरी ४० जना सासंदले शपथ खाएका छन्।

शपथ खाएपछि प्रदेश सांसदहरुले यो प्रदेशको समृद्ध र विकासका लागि सामूहिक रुपमा मिलेर काम गर्ने प्रतिबद्धता जनाएका छन्। कर्णालीको मुहार फेर्नेगरी काम गर्ने सांसदहरुको भनाइ छ।

बिहान ११ बजे शपथको कार्यक्रम तय भएको थियो। तर प्रदेश प्रमुख र अधिकांश सांसदहरु काठमाडौंबाट ढिला पुगेपछि सपथको कार्यक्रम दिउँसोका लागि सारिएको थियो। शनिबार नै प्रदेश प्रमुख र सांसदहरु वीरेन्द्रनगर आउने भनिए पनि मौसम खराबीका कारण जहाज अवतरण नभएपछि आइतबार बिहान हेलिकोप्टर चार्टर गरेर उनीहरु सुर्खेत आएका हुन्।

सपथ ग्रहण कार्यक्रममा बोल्दै प्रदेश प्रमुख खनालले नेपाल गणतन्त्रात्मक देशको नयाँ युगमा प्रवेश गरेको बताए । नयाँ युगका अनेकौ सम्भावनाका साथै चुनौती पनि भएको बताउँदै प्रमुख खनालले त्यस्ता चुनौतीहरुलाई बुद्धिमतापूर्वक सामना गर्नुपर्ने बताए । सपथ ग्रहणमा सहभागी भएका सदस्यहरुलाई शुभकामना दिँदै प्रमुख खनालले भविष्यको सुनौला दिनलाई साकार गर्नका लागि सबै एकजुट हुनुपर्ने बताए ।

पूर्व पर्यटन तथा संस्कृति मन्त्री जीवनबहादुर शाहीले प्रदेश नम्बर ६ लाई समृद्ध बनाउनका लागि आफूहरुले रचनात्मक र सशक्त प्रतिपक्षको भूमिका खेल्ने बताए । 


उनले च्याउ, झ्याउ र स्याउलाई व्यवस्थित मात्र गर्न सकियो भने ६ नम्बर प्रदेश देशकै समृद्ध प्रदेश बन्ने बताए । उनले राजनीतिक खिचातानी भन्दा पनि प्रदेशलाई बलियो र समृद्ध बनाउने गरी अबका दिनमा अघि बढ्नुपर्ने बताए ।

मुगु जिल्लाबाट सभासद भएकी झुपा बिकले जनतालाई सेवा दिने उद्देश्यले सभासद् भएको बताइन् । खासगरी कर्णालीमा सडक, पुल र भवन निर्माण गर्नका लागि आफू सभासद् भएको बताइन् । उनले खासगरी कर्णालीका महिलाको पाठेघर सम्बन्धी समस्याको उपचार, गर्भवती महिलाको उपचारका लागि केही सहयोग गर्ने बताइन् ।

निर्वाचित सभासद्हरु मध्ये देशकै सबैभन्दा कान्छा सभासद् सुशील थापाले पिछडिएका र उत्पिडित समुदायका साथै समग्र क्षेत्रको गुरुयोजना बनाएर आफू अगाडि गर्ने बताए । 

उनले खासगरी आफू युवा पनि भएकाले बेरोजगारी अन्त्यका लागि र दीर्घकालिन समाधानका लागि आफूले योजना नै बनाएर अघि बढ्ने बताए । ६ नम्बर प्रदेशका अधिकांश युवाहरु छिमेकी मुलुक र खाडी मुलुकमा जाने भएकाले उनीहरु आफ्नै देशमा बसेर काम गर्ने वातावरण सिर्जना गर्ने सभासद् थापाले बताए । 

कहिले बस्छ प्रदेश बैठक?

प्रदेश सभाको पहिलो बैठक निर्वाचन परिणाम आएको २० दिनभित्र बोलाउनुपर्ने संवैधानिक प्रावधान छ । प्रदेश सभाको बैठक प्रदेश प्रमुखले डाक्नेछन् । नेपालको संविधानको धारा १८२ मा प्रदेश सभाको सभामुख र उपसभामुखसम्बन्धी व्यवस्था छ ।

प्रदेश सभाको सभामुख र उपसभामुख आइतवार सपथ लिएका सांसदबाटै निर्वाचित गरिन्छ । प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेश सभाका सदस्यले आफू मध्येबाट प्रदेश सभामुख र उपसभामुखको निर्वाचन गर्ने संवैधानिक व्यवस्था छ ।

संविधानको धारा १६८ अनुसार प्रदेश प्रमुखले प्रदेशसभामा बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न सक्ने प्रावधान छ । प्रदेश सभामा कुनै दलको बहुमत नआए दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत ल्याउने सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्नेछन् ।

प्रदेश ६ मा एमाले निर्णायक छ । 

जम्मा ४० सिट रहेको प्रदेश ६ मा एमाले एक्लैले २० सिट जितेको छ । एमालेको बहुमत नपुगे पनि ऊबिनाको सरकार बन्ने अवस्था प्रदेश ६ मा छैन । प्रत्यक्षको २४ सिटमा एमालेले १४, माओवादीले ८ र कांग्रेसले १ जितेका छन् ।

प्रत्यक्षमा ७ सिट जितेको कांग्रेसले समानुपातिकमा १२ सिट पाएको छ । प्रत्यक्षमा १४ सिट जितेको माओवादी केन्द्र समानुपातिकमा ६ सिटमा झरेको छ । प्रदेश ६ मा १४ सिट जितेको एमाले समानुपातिकतर्फ ६ सिटमा सीमित भएको छ । प्रत्यक्षमा १ सिट जितेको कांग्रेसले समानुपातिकतर्फ ५ सिट पाएको छ ।

प्रत्यक्षतर्फ ९ सिट पाएको माओवादी केन्द्र समानुपातिकतर्फ ४ सिटमा सीमित छ । प्रदेश ७ मा प्रत्यक्षतर्फ १७ सिट जितेको एमालेले समानुपातिकतर्फ ८ सिटमा चित्त बुझाउनुपरेको छ । 

प्रत्यक्षतर्फ ४ सिट जितेको कांग्रेसले समानुपातिकमा ८ सिट पाएको छ । प्रत्यक्षतर्फ १० सिट जितेको माओवादी समानुपातिकमा भने ४ सिटमा समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह