१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुस्तक व्यवसायीलाई मर्यादित हुन आग्रह

८ माघ २०७४, सोमबार ०७:४२

माघ ८, काठमाडौँ  | शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले पुस्तक व्यवसायीलाई मर्यादित हुन आग्रह गर्नुभएको छ । 

पाँचौँ राष्ट्रिय पुस्तक दिवस एवं वसन्तपञ्चमीका अवसरमा आज यहाँ नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, काठमाडौँद्वारा ‘पठन संस्कृतिको विकासमा राष्ट्रिय पुस्तक दिवसको महत्व’ विषयक विचार गोष्ठीमा राज्यमन्त्री अधिकारीले पुस्तक व्यवसायमा हुने विकृति र विसंगतिलाई निरुत्साहित गरी मर्यादितरुपमा पठन संस्कृतिको विकासमा लाग्न आग्रह गर्नुभएको हो । 

“पुस्तकालयलाई व्यवस्थित गर्न डिजिटल प्रविधिलाई विद्यालय तहसम्म आत्मसात् गराउन पहल गरिएको छ,” उहाँले भन्नुभयो । 

नेकपा (एमाले) का केन्द्रीय सदस्य ठाकुर गैह्रेले आफूहरु विद्यार्थी आन्दोलनमा लाग्दा पुस्तक पढ्न पाउने अधिकारका लागि लडाइँ गर्नुपरे पनि अहिलेको लोकतान्त्रिक गणतन्त्रले लेखकीय र अभिव्यक्ति स्वतन्त्रता दिएकाले यसको उपयोगमा जोड दिनुभयो । 

नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले पठन संस्कृतिको विकासका लागि राज्यका सबै निकायले पुस्तकलाई प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो । नेकपा (माओवादी केन्द्र) का पोटिलब्युरो सदस्य हिमाल शर्माले प्रत्येक स्थानीय तहमा पुस्तकालयको विकास र प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो । 

शिक्षाविद् डा विद्यानाथ कोइरालाले प्रविधिको विकासले पुस्तकलाई मोबाइलको एप्समा सीमित गरिसके पनि नयाँ पुस्तालाई आवश्यक र सन्देशमूलक पुस्तकको सही बजारीकरण हुन नसकेको बताउनुभयो । 

महासंघका केन्द्रीय अध्यक्ष हरि अर्यालले पुस्तक दिवसलाई नेपाल सरकारले राष्ट्रिय मान्यता दिनुपर्ने माग गर्नुभयो । कार्यक्रम अघि महासंघले भृकुटीमण्डपदेखि पुतलीसडक हुँदै बागबजारको शहीद शुक्र माविसम्म पदयात्रा गरेको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह