माघ ८, धनगढी । नेपाली काँग्रेसबाट प्रदेशसभामा मनोनित महिला सहस्यहरुले नेपाली काँग्रेसकी नेतृ डा. आरजु राणा देउवालाई राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवार बनाउनुपर्ने लविङ श"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ ८, धनगढी । नेपाली काँग्रेसबाट प्रदेशसभामा मनोनित महिला सहस्यहरुले नेपाली काँग्रेसकी नेतृ डा. आरजु राणा देउवालाई राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवार बनाउनुपर्ने लविङ श"/>
१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आरजुलाई राष्ट्रियसभाको उम्मेदवार बनाउन महिला सांसदहरुको माग

८ माघ २०७४, सोमबार ०८:१०

माघ ८, धनगढी । नेपाली काँग्रेसबाट प्रदेशसभामा मनोनित महिला सहस्यहरुले नेपाली काँग्रेसकी नेतृ डा. आरजु राणा देउवालाई राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवार बनाउनुपर्ने लविङ शुरु गरेका छन् ।

नेपाली काँग्रेसका डडेल्धुरा सभापति कर्ण बहादुर मल्ल र कैलाली सभापति मनु शाहको उपस्थितिमा उनीहरुले एक कार्यक्रम गरि आरजुलाई उमेद्वार बनाउन माग गरेका छन् । उनीहरुले वक्तव्य समेत निकालि आरजुलाई उमेद्वार बनाउने तर्क समेत पेश गरेका हुन् ।

प्रदेश नं ७ का महिला सांसदहरुले सोमवार बिज्ञप्ती मार्फत नेपाली काँग्रेसको केन्द्रीय समिति तथा संसदीय बोर्डसंग आरजुलाई उमेद्वार बनाउन माग गरेका हुन ।  

प्रदेश नं ७ बाट प्रतिनिधीसभामा प्रतिनिधित्व गर्ने महिलाको संख्या न्यून हुने भन्दै यस्तो आग्रह गरिएको प्रदेश सांसद दिब्यश्वरी शाहले बताईन ।

डा. आरजुको प्रतिनिधीत्व भएमा यस प्रदेशका महिलाको आवाज केन्द्रमा मुखरित गराउन सजिलो हुन्छ सांसद शाहले भनिन्, जसले महिलाका संबैधानीक हक अधिकार स्थापित गर्न सजिलो हुने छ ।

प्रदेश नं ७ बाट प्रतिनिधीत्व गर्ने महिला संसदहरुको मागमा आफुहरुको समेत सर्मथन रहेको नेपाली काँग्रेस डडेलधुराका सभापती तथा नेपाली काँग्रेस

प्रदेशसभा सांसद कर्ण बहादुर मल्लले बताए । 

उनले भने, उहाँ अहिले यस क्षेत्रका लागि आवश्यकता हो । सांसद मल्लले प्रदेश नं ७ का नेपाली कांग्रेस सबै जिल्ला सभापतीहरुको यो मागमा सर्मथन रहेको पनि पनि बताए ।

नेपाली काँग्रेसबाट प्रतिनिधीत्व गर्ने प्रदेश सांसद दिश्वश्वरी शाह, उमादेबी वादी, नन्दा बम र अम्वीका कुमारी थापाले माग पत्रमा हस्ताक्षर गरेका छन् ।

नेपाली काँग्रेसले कैलालीबाट चुनावमा खडा गरेको आरजु प्रतिनिधि सभाको चुनावमा पराजित भएकी थिइन।

स्वयं पार्टी सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाकी धर्मपत्नी आरजुलाई पुनः उमेद्वार बनाउने बारेमा काँग्रेसको केन्द्रीय समिति र स्यवं सभापतिले भने कसरी लिने हुन त्यो भने प्रष्ट छैन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह