१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रियसभा निर्वाचनको मत परिणाम छिट्टै आउने: आयुक्त यादव

९ माघ २०७४, मंगलवार ०७:५२

माघ ९, काठमाडौँ | प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले यही माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनको मतपरिणाम छिटोभन्दा छिटो सार्वजनिक गरिने बताउनुभएको छ । 

राष्ट्रियसभा निर्वाचनमा भाग लिने राजनीतिक दलका प्रतिनिधिलाई आयोजित मतदान तथा मतगणनासम्बन्धी प्रशिक्षणमा आज यहाँ सम्बोधन गर्दै डा यादवले मतदातालाई मतदानमा आफ्नो विवेक प्रयोग गर्न आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, “निर्वाचनको इतिहासमा एकै वर्ष स्थानीय निकाय तथा प्रतिनिधिसभा÷प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भइसकेका छन्, ठूला नदी पार गरिसकियो, अब खोल्साखाल्सी तर्न बाँकी छ, यसलाई पनि सहजतापूर्वक पार गर्नुपर्छ । म राजनीतिक दलहरुसित राष्ट्रियसभा निर्वाचनलाई सफल बनाउन आह्वान गर्छु ।” 

राष्ट्रियसभाको निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न गर्ने आयोगको कार्यमा सहयोग पु¥याउन आग्रह गर्दै उहाँले निर्वाचन आचारसंहिता पालना गर्न राजनीतिक दलसँग अनुरोध गर्नुभयो । 

कार्यक्रममा आयोगले दलका प्रतिनिधिलाई मतपत्रको ढाँचा, मतदानको तरिका, मतदान प्रक्रिया, मतगणनालगायत विषयमा प्रशिक्षण दिनेछ । प्रशिक्षणमा नेकपा (एमाले), संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाली काँग्रेसलगायतको सहभागिता थियो । 

राष्ट्रियसभाको निर्वाचन प्रयोजनका लागि यही माघ १२ गतेदेखि निर्वाचन आचारसंहितासमेत लागू हुने आयोगले जनाएको छ । निर्वाचनमा दुई हजार ५६ मतदाता छन् । निर्वाचनका लागि सबैभन्दा बढी मतदाता प्रदेश नं २ र सबैभन्दा कम प्रदेश नं ६ मा छन् । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको कार्यतालिकानुसार यही माघ ७ गते सातै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन गरेको छ । 

सोअनुसार प्रदेश नं १ मा ३६७, प्रदेश नं २ मा ३७९, प्रदेश नं ३ मा ३४८, प्रदेश नं ४ मा २३०, प्रदेश नं ५ मा ३०५, प्रदेश नं ६ मा १९८ र प्रदेश नं ७ मा २२९ मतदाताछन् । आयोगको निर्वाचन तालिकानुसार माघ १० गते उम्मेदवारको मनोनयन दर्ता, माघ १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र माघ २४ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म मतदान हुनेछ । 

आयोगले प्रदेश नं १ को मोरङ, विराटनगर, प्रदेश नं २ को धनुषा, जनकपुरधाम, प्रदेश नं ३ को ललितपुर, पाटन, प्रदेश नं ४ को कास्की, पोखरा, प्रदेश नं ५ को दाङ, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को डोटीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन गरेको छ । 

निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख गरी एक हजार ५०६ र सात प्रदेशबाट निर्वाचित प्रदेशसभा सदस्य ५५० गरी दुई हजार ५६ मतदाताले मताधिकार प्रयोग गर्ने बताइएको छ ।

स्थानीय तहमा ७१८ महिला र ७८८ पुरुष तथा प्रदेशसभामा पुरुष ३६१ र महिला १८९ मतदाता छन् । निर्वाचनका लागि सात स्थानमा १४ मतदान केन्द्र रहनेछन् । निर्वाचनमा प्रदेशसभाका सदस्यको मतभार ४८ र स्थानीय तहका पदाधिकारीको मतभार १८ हुने आयोगले जनाएको छ । राष्ट्रियसभाको गठन एकल संक्रमणीय निर्वाचन प्रणालीका आधारमा हुनेछ ।raass


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह