१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रियसभा निर्वाचनका लागि माओवादी केन्द्रका उम्मेदवार तय

९ माघ २०७४, मंगलवार ०९:४९

माघ ९, काठमाडौँ | नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि १३ जनाको उम्मेदवारी तय गरेको छ । 

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा आज बसेको तीन शीर्ष नेताको बैठकले पार्टीका वरिष्ठ नेता रामबहादुर थापा र दीनानाथ शर्मालाई पनि उम्मेदवार बनाएको छ । थापा पूर्वरक्षामन्त्री एवं माओवादी केन्द्रका संगठन विभाग प्रमुखसमेत हुनुहुन्छ । नेता शर्मा भने पूर्वमन्त्री तथा उहाँले पार्टीको प्रवक्ताको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । 

अध्यक्ष दाहालको सचिवालयका अनुसार प्रदेश नं १ मा बिना पोखरेल (महिला) र प्रदेश नं २ मा शशिकला दाहाल (महिला) छनोट गरिएको छ । सो प्रदेशमा एक उम्मेदवार छनोट गर्न बाँकी छ । 

यस्तै प्रदेश नं ३ मा थापा (खुला) र गंगा पराजुली (महिला), प्रदेश नं ४मा शर्मा (खुला), खिमकुमार विक (दलित), प्रदेश नं ५ मा राजकुमार कँुंवर (अल्पसंख्यक र अपांग) र चन्द्रबहादुर खड्का (खुला), प्रदेश नं ६ बाट जीवन बुढा (अपाङ्ग र अल्पसंख्यक), युटुल लामा (महिला) र कालीबहादुर मल्ल (खुला) बाट उम्मेदवार बन्नुहुने भएको छ । त्यस्तै प्रदेश नं ७ मा लालीराम लोहार (दलित) र हरिराम चौधरी (खुला) लाई उम्मेदवार बनाउने निर्णय गरिएको छ । 

नेकपा (एमाले) र माओवादी केन्द्रले राष्ट्रियसभा सदस्यमा संयुक्त रुपमा उम्मेदवार उठाउने निर्णय गरेका छन् । एमालेले २९ र माओवादी केन्द्रले १४ उम्मेदवार उठाउने निर्णय गरेका थिए । सोमबार बसेको माओवादी केन्द्रको प्रदेश इन्चार्जसहित शीर्ष नेताको बैठकले उम्मेदवार छनोट गर्न अध्यक्ष दाहाल, नेता नारायणकाजी श्रेष्ठ र थापालाई जिम्मा दिएको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह