१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काँग्रेसले चार प्रदेशमा उम्मेदवारको नाम टुंगो लगायो

९ माघ २०७४, मंगलवार १२:१७

माघ ९, काठमाडौँ | नेपाली काँग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट चार प्रदेशका उम्मेदवारको नाम टंगो लगाएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहानदेखि जारी पार्टी पदाधिकारी बैठकले प्रदेश नं ४, ५, ६ र ७ मा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुंगो लगाएको पार्टी कार्यालयले जनाएको छ । 

बैठकले प्रदेश नं ४ मा सुरेन्द्रराज पाण्डे (खुला), बृन्दा रानामगर (महिला), जीतबहादुर नेपाली (दलित), प्रकाश पन्त (अपाङ्ग), प्रदेश नं ५ मा दुर्गाप्रसाद उपाध्याय (खुला), अनिता देवकोटा (महिला), मैकुलाल वाल्मीकी (दलित), लुटबहादुर खत्री (अपाङ्ग) लाई उम्मेदवार बनाएको हो । 

त्यस्तै काँग्रेसले प्रदेश नं ६ मा विष्णुबहादुर शाही (खुला), सूर्यदेवी मल्ल (महिला), सीताराम विक (दलित), गोपाल शर्मा (अपाङ्ग) लाई उम्मेदवार बनाएको छ । यसअघि पार्टीले सोमबार प्रदेश नं. ७ बाट बद्री पाण्डे (खुला), तारादेवी भट्ट (महिला), धर्मराज जोशी (अपांग), र शेरीराम पार्की (दलित)लाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । 

काँग्रेसले बाँकी प्रदेश नं १, २ र ३ मा पनि आजै पार्टीका उम्मेदवारको टुंगो लगाइसक्ने जनाएको छ । 

निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको कार्यतालिकाअनुसार आइतबार सातवटै प्रदेशमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित गरिसकेको छ । आयोगको तालिकाअनुसार माघ १० गते उम्मेदवारको मनोनयन दर्ता, माघ १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र माघ २४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म राष्ट्रियसभा सदस्यका लागि मतदान हुनेछ । 

काँग्रेसले निर्वाचनमा विभिन्न प्रदेशमा फरक फरक दलसँग सहकार्यका लागि छलफल समेत जारी राखेको छ । काँग्रेसले निर्वाचनमा प्रदेश नं २ मा मधेस केन्द्रित दलसँग, प्रदेश नं. ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा (प्रजातान्त्रिक) र विवेकशील साझा पार्टीसँग सहकार्य गर्ने संभावना छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह