२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रिय सभा सदस्यका लागि मनोनयन केही बेरपछि

२०७४, १० माघ बुधबार ०६:११

माघ १०, काठमाडौँ | राष्ट्रिय सभा सदस्यको यही माघ २४ गते बुधबार हुने निर्वाचनका लागि अहिले केही बेरपछि उम्मेदवारी मनोनयन दर्ता कार्यक्रम शुरु हुदैछ । 

निर्वाचन आयोगले उच्च अदालत रहेका विराटनगर, जनकपुर, ललितपुर, पोखरा, दाङ, सुर्खेत र डोटीमा उम्मेदवार मनोनयनका लागि निर्वाचन अधिकृतको कार्यालयहरु यसअघि नै स्थापना गरिसकेको छ । उम्मेदवारी मनोनयन बिहान १० बजेदेखि शुरु भई अपराह्न ४ बजेसम्म हुनेछ । 

प्रत्येक प्रदेशबाट तीन महिला, एक दलित, एक पिछडिएका क्षेत्र वा अल्पसङ्ख्यकसहित आठ जनाका हिसाबले ५६ जना राष्ट्रियसभा सदस्यमा निर्वाचित हुने संवैधानिक प्रावधान छ । ५९ सदस्यीय राष्ट्रिय सभामा तीनजना भने सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनयन हुनेछन् । राष्ट्रियसभा संघीय संसद्को माथिल्लो सदन हो । 

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्य गरी २०५६ मतदाता छन् । आज मनोयनन दर्ता गरेका उम्मेदवारलाई निर्वाचन आयोगले छानबिनपछि यही माघ १५ गते चुनाव चिह्न प्रदान गर्नेछ । राष्ट्रिय सभाको निर्वाचनमा २१ राजनीतिक दलले भाग लिने निर्वाचन आयोगले जनाएको छ । 

उच्च अदालत रहेका जिल्लाका जिल्ला न्यायाधीश राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृत तोकिनुभएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनको परिणाम आफ्नो पक्षमा ल्याउन कतिपय राजनीतिक दलले चुनावी तालमेल गरी उम्मेदवार उठाएका छन् ।रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह