२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश नं २ मा काँग्रेस र मधेस केन्द्रित दलको गठबन्धन

२०७४, १० माघ बुधबार ०७:५१

माघ १०, काठमाडौँ । राष्ट्रियसभा निर्वाचनमा नेपाली काँग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले चुनावी तालमेल गरेका छन् । 

प्रदेश नं २ मा काँग्रेस, राजपा नेपाल र संघीय समाजवादीले निर्वाचनमा दुई÷दुईजना उम्मेदवार भागबण्डा गरी सोहीअनुसार उम्मेदवारी दिने सहमति गरेका छन् । 

काँग्रेसले सोही सहमतिअनुसार प्रदेश नं २ मा जीतेन्द्रनारायण देव ९खुला० र मुक्ताकुमारी यादव ९महिला०लाई उम्मेदवारी बनाउने निर्णय गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । 

त्यस्तै काँग्रेसले प्रदेश नं १ मा रमेशजङ रायमाझी ९खुला०, सरिता प्रसार्इं ९महिला० र विन बिक ९दलित० तथा प्रदेश नं ३ मा राधेश्याम अधिकारी ९खुला० र धना खतिवडा महिलालाई उम्मेदवार बनाएको उहाँले बताउनुभयो । प्रदेश नं। ३ मा काँग्रेसका उम्मेदवारलाई नयाँ शक्ति पार्टी नेपाल र विवेकशील साझा पार्टीले सघाउने सहमति भएको पार्टी प्रवक्ता शर्माले जानकारी दिनुभयो । 

काँग्रेसले अन्य चार प्रदेशमा भने मङ्गलबार नै उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । निर्वाचन आयोगको तालिका अनुसार माघ १० गते आज उम्मेदवारको मनोनयन पत्र दर्ता, माघ १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र माघ २४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म राष्ट्रियसभा सदस्यका लागि मतदान हुनेछ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह