१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थानीय तह बलियो भएमात्र मुलुकको विकास हुन्छ: नेपाल

१० माघ २०७४, बुधबार ०८:११

माघ १०, काठमाडौँ | स्थानीय तहको विकासमा राजनीतिक प्रभाव पार्न नदिन नेताहरूको सुझाव छ । 

जिल्ला समन्वय समिति महासंघले आयोजना गरेको राष्ट्रिय परिषद् बैठक उद्घाटनका अबसरमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्थानीय तह बलियो भएमात्र मुलुकको विकास हुने भएकाले स्थानीय तहलाई बलियो बनाउन सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताउनुभयो । “स्थानीय तहमा विकासका नाममा राजनीतिक प्रभाब भयोभने विकास हुन सक्दैन,”– उहाँले भन्नुभयो । 

स्थानीय तहमा गएको बजेट दुरुपयोग नगर्न आग्रह गर्दै नेता नेपालले भन्नुभयो, “देशको विकासका लागि बजेटको अधिकतम प्रयोग कसरी हुन सक्छ भन्नेबारेमा सबैले सोच्नुपर्छ ।” 

नेकपा (एमाले)का नेता अग्नि खरेलले संविधानले राज्यको संरचनालाई तीन तहमा बाँडफाँड गर्दा जिल्ला समन्वय समिति महासंघलाई स्थानीय तहमा राखिएकाले यसलाई बलियो नबनाई स्थानीय तहको विकास हुन नसक्ने उल्लेख गर्नुभयो । “तीन तहको निर्वाचनसँगै मुलुक नयाँ युगमा प्रवेश गरेको छ, अब मुलुकको विकासमा लाग्नु सबैको दायित्व हो,”– उहाँले भन्नुभयो । 

नेपाली काँग्रेसका नेता रामहरि खतिवडाले संविधान मान्दैनौँ भन्ने दललाई समेत निर्वाचनले एक ठाउँमा ल्याएको छ भन्दै जनतालाई लोकतन्त्र आएको अनुभूति दिलाउने गरी महासंघले काम गर्नुपर्छ भन्नुभयो । 

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले संविधान कार्यान्वयनका लागि स्थानीय तहको महत्वपूर्ण भूमिका भएकाले स्थानीय तह सञ्चालनका लागि चाहिने कानून र नियमावली चाँडो निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । 

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपालले स्थानीय क्षेत्रमा गएको बजेटको सही सदुपयोग हुनेगरी खर्च गर्न आग्रह गर्नुभयो । 

महासंघका अध्यक्ष ऋषिराज लम्साल, राज्य पुनःसंरचना आयोगका अध्यक्ष बालानन्द पौडेल, महासंघका पूर्व महासचिव डा श्याम भुर्तेललगायतले स्थानीय तहको विकास नभएसम्म मुलुकको विकास नहुने भन्दै स्थानीय तहमुखी कार्यक्रम बनाउनुपर्नेमा जोड दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह