१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचनसँगै मुलुकले विकासको मुहार फेर्छ: नेताहरु

१० माघ २०७४, बुधबार ११:५९

माघ १०, काठमाडौँ | विभिन्न राजनीतिक दलका नेताले निर्वाचनसँगै मुलुकले विकासको मुहार फेर्ने बताउनुभएको छ । 

रिपोर्टर्स क्लब नेपालले यहाँ आज आयोजना गरेको साक्षात्कारमा नेपाली काँग्रेसका नेता नारायणप्रसाद साउदले संविधानबमोजिम निर्वाचन हुँदै गएकाले अब मुलुकले विकासको मुहार फेर्ने बताउनुभयो । 

पूर्वमन्त्री साउदले संविधानमा भएका कुरालाई लागू गर्दै जाँदा क्रमशः संविधान कार्यान्वयन हुँदै जाने उल्लेख गर्नुभयो । उहाँले जनताले दिएको जनादेशअनुसार काँग्रेस जिम्मेवार प्रतिपक्षमा बस्ने स्पष्ट पार्नुभयो । 

नेकपा (एमाले)का नेता शेरधन राईले निर्वाचनले क्रमशः राजनीतिक एजेण्डा सकिँदै गएकाले अब विकास र समृद्धिको एजेण्डालाई राजनीतिक दलले पछ्याउने बताउनुभयो । 

उहाँले पार्टी एकताबारे नीतिगत र वैचारिक विषयमा नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीच छलफल भइरहेको जानकारी गराउँदै चाँडै नै पार्टी एकता हुने विश्वास व्यक्त गर्नुभयो । 

राष्ट्रिय जनता पार्टीका नेता राजकिशोर यादवले मुलुकलाई आर्थिक विकासमा लैजानका लागि संविधान संशोधन गर्नुपर्ने बताउनुभयो । “संविधानमा धेरै कुरा छुटेका छन् त्यसलाई समावेश गर्नुको विकल्प छैन”, उहाँले भन्नुभयो । 

नेता यादवले प्रदेश नं २ मा राजपा र मधेशी जनअधिकार फोरम नेपालबीचको सरकार बन्ने भन्दै मुख्यमन्त्री कसलाई बनाउने भन्ने बारेमा दुई पार्टीमा छलफल भइरहेको स्पष्ट पार्नुभयो । 

रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह