१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रियसभाका चुनाव अगावै कोमल वली सहित १७ जना सांसदमा निर्वाचित (नाम सहित)

१० माघ २०७४, बुधबार १६:२८

माघ १०, काठमाडौं । राष्ट्रियसभाका चुनाव अगावै १७ जना सांसदमा निर्वाचित भएका छन् । आउँदो माघ २४ गते हुने मतदानबाट निर्वाचित हुनुपर्ने राष्ट्रियसभाका ५६ मध्ये १७ जना सांसदहरु निर्विरोध निर्वाचित भएका हुन् । 

बुधबार सातवटै प्रदेशमा गरी कुल ८३ जनाको उम्मेदवारी परेको मध्ये प्रदेश नम्बर १, २, ५ र ७ मा सांसदहरु निर्विरोध निर्वाचित भएका हुन् । अन्य प्रदेशमा भने ८ मा ८ वटै सिटमा निर्वाचन हुनेछ ।

निर्वाचन अगावै को-को भए निर्विरोध निर्वाचित ?

प्रदेश १ बाट तीन महिला सदस्यका लागि एमालेकी नैनकला ओझा, माओवादीकी विना पोखरेल र कांग्रेसकी सरिता प्रसाईको मात्र उम्मेद्वारी परेपछी उनीहरु निर्बिरोध निर्वाचित भएका हुन् । यदि दाबी विरोध प्रक्रियाबाट उम्मेदवारी खारेज नभए उनीहरुनै निर्वाचित भएको घोषणा हुनेछ ।

त्यस्तै प्रदेश २ बाट पाँच सदस्य निर्विरोध भएका छन् । यहाँ महिला तीन सीटमा माओवादीकी शशीकला दाहाल, कांग्रेसकी मुक्ताकुमारी यादव र फोरमकी प्रमिला यादवको मात्रै उम्मेदवारी परेपछी उनीहरु निर्विरोध भएका हुन् । त्यस्तै दलित कोटामा फोरमका रामप्रीत पासवान र अल्पसंख्यकमा राजपा उपाध्यक्ष वृषेशचन्द्र लालको मात्रै उम्मेदवारी परेपछी उनीहरु पनि निर्विरोध भएका हुन् । यदि दाबी विरोध प्रक्रियाबाट उम्मेदवारी खारेज नभए उनीहरुनै निर्वाचित भएको घोषणा हुनेछ ।

त्यस्तै प्रदेश नम्बर ५ बाट राष्ट्रियसभामा तीन महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् । एमालेकी कोमल वली, मीना बुढा र कांग्रेसकी अनिता देवकोटा निर्विरोध निर्वाचित भएका हुन् । दावी विरोधलगायतको प्रक्रिया पूरा गरेपछि उनीहरु निर्विरोध निर्वाचित भएको घोषणा हुनेछन् ।

त्यस्तै प्रदेश नम्बर ७ बाट खुला र महिलातर्फ ३/३ सदस्य निर्विरोध निर्वाचित भएका छन् । खुलातर्फ एमालेका शेरबहादुर कुँवर, माओवादीका हरिराम चौधरी र कांग्रेसका बद्री पाण्डे निर्विरोध भएका हुन् । यहाँ महिलामा एमालेकी इन्दू कडेरिया विष्ट र कमला ओली, कांग्रेसकी तारादेवी भट्टको मात्रै उम्मेदवारी परेपछी उनीहरु निर्विरोध निर्वाचित भएका हुन् । दावी विरोधलगायतको प्रक्रिया पूरा गरेपछि उनीहरु निर्विरोध निर्वाचित भएको घोषणा हुनेछन् । तर निर्वाचन आयोगले तत्काल घोषणा भने गर्नेछैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह