१२ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री देउवा र आर्इजीपी अर्यालबाटै असुरक्षित रहेको सांसद सिलवालको खुलासा (बिज्ञप्तीसहित)

११ माघ २०७४, बिहीबार ०२:११

माघ ११, काठमाडौँ । नेपाल प्रहरीका पूर्वडिआर्इजी तथा ललितपुर क्षेत्र नम्बर १ का सांसद नवराज सिलवालले आफू प्रधानमन्त्री शेरबहादुर देउवा र आर्इजीपी प्रकाश अर्यालबाटै असुरक्षित रहेको बताएका छन् ।

बुधबार साँझ विज्ञप्ती निकाल्दै उनले आफूमाथि झुटो आरोप लगाएर नेपाल प्रहरीको वर्तमान नेतृत्व र प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिशोध साँध्ने हिसाबले लागिरहेकाले असुरक्षित भएको दाबी गरेका छन्।

कार्यसम्पादन मूल्याङ्कन कीर्ते प्रकरणमा आफूलाई मात्र दोषी देखाएर सुनियोजितरूपमा भ्रामक प्रचार गराएको भन्दै सिलवालले आक्रोश पोखेका छन् । आफ्नै प्रतिस्पर्धी आर्इजीपी प्रकाश अर्याल र प्रम देउवाले छानबिनको योजनाबद्ध र सुनियोजित षड्यन्त्र गरेर फसाउन खोजेकाले निष्पक्ष छानबिनको माग पनि उनले गरेका छन् ।

प्रहरीको फरार अभियुक्तको सूचीमा सिलवालले प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले आफुमाथि एकपछि अर्को ज्यादति गरेको आरोप पनि लगाएका छन् । सर्वोच्च अदालतको आफुले सम्मान गर्ने भन्दै उनले सुरूको फौसला र पछिल्लो फौसलाका क्रममा आफ्ना कागजपत्र सरकारले नै परिवर्तन गरेको बताउँदै ती मानिसमाथि पनि कारबाही गर्न माग गरेका छन् ।

उनले यो प्रकरणको स्वतन्त्र छानविन गर्नुपर्ने माग समेत गरेका छन । उनले प्रहरी महानिरीक्षक नियुक्तिका बेला कार्यसम्पादन मूल्याङ्कनमा गडबडी गरिएको बताउँदै यसको निष्पक्षम छानविन गर्नुपर्ने माग गरेका छन् ।

नेपाल प्रहरीले डिफ्युजन नोटिस जारी गरेपछि सिलवालले विज्ञप्तिमार्फत राजनीतिक प्रतिशोध साँध्ने माध्यम नेपाल प्रहरीलाई बनाएकोमा दु:ख व्यक्त गरेका छन् । ललितपुरका मतदाता र देश विदेशबाट सद्भाव जनाउने प्रति आफ्नो जवाफदेहिता भएको बताउँदै उनले आफू न्याययिक र निर्विवाद छानबिनमा सघाउन तयार रहेको दोहोर्याएका छन् ।

कार्यसम्पादन मूल्याङ्कन फाराममा कीर्ते गरेर अन्यायपूर्वक आइजीपी हुनबाट रोकेको दाबी गर्दै सिलवालले महत्वपूर्ण फाइल र दस्तावेज आफ्नो पहुँचमा नहुने उल्लेख गरेका छन् । सिलवालले तत्कालीन अवस्थामा माथिल्लो पदका व्यक्ति र निकायसमेतको संलग्नतामा कागजात फेरबदल गरिएको पनि बताएका छन् ।


विज्ञप्तीको पूर्ण पाठ

प्रेस विज्ञप्ति

विगत केही सातायता नेपाल प्रहरीले मेरा विरुद्ध विभिन्न प्रकारका पक्राउ पुर्जी जारी गरेको भन्ने आसयका समाचारहरु सञ्चार माधयमहरुमा आइरहेका हुनाले एउटा जिम्मेवार जनप्रतिनिधिका नाताले आप्नो क्षेत्रका मतदाता र अनेकौ प्रतिकुलता हुंदाहुदै पनि मलाई अन्यायको विरुध्दमा लडिरहन र कानूनको शासनको पक्षमा आवाज उठाइ रहन प्रेरित गर्ने सबैप्रतिको जवाफदेहिता अनुभव भएका कारण यो विज्ञप्ति जारी गरेको छु ।

१. सम्मानित सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणमा दुइ फरक प्रकारका कार्यसम्पादन मुल्यांकन फारमहरु पाइएकोले त्यसमाथि छानवीन गर्न दिएको फैसलाको म पूर्ण सम्मान गर्दछु । 

विगत चैत्रमा सर्वोच्च अदालतको पूर्ण इजालसमा सरकारी निकायहरुद्धारा प्रस्तुत भएका सम्वन्धित मूल्यांकन दस्तावेजहरुभन्दा त्यसयता तिनै निकायहरुद्धारा प्रस्तुत दस्तावेजहरु फरक भएका कारण नै त्यतिवेला र मैले सर्वोच्च अदालतको फैसला कार्यान्वयनका लागि दिएको आवेदन पछि आएको फैसला फरक परेको तथ्य सार्वजनिक नै छ । 

निश्चय नै, यो विचमा महत्वपूर्ण सरकारी कागजातहरु फेरवदल भएको सहजै देखिन्छ । त्यसका दोषीहरुमाथि निश्चय नै छानवीन र कारवाही हुनु आवश्यक छ ।

२. केही समययता यसमा म र ममात्र संलग्न छु जस्तो अर्थ लाग्ने गरी प्रायोजित प्रकृतिको प्रचार जसरी भइरहेको छ, त्यो नियोजित, बद्नियतपूर्ण र मेरो सार्वजनिक जीवनलाई समाप्त गर्ने दुराशयवस गराइएको तथ्य छर्लङ्गै छ । 

किनभने, नेपाल प्रहरीको कार्मचारी प्रशासनसम्वद्ध गोप्य दस्तावेजहरुमा मेरो पहुंच पुग्ने र त्यसलाई मैले सच्च्याउने सम्भावना एउटा काल्पनिक कथ्य मात्र हो । 

त्यसमाथि, यसअघिको प्रहरी नेतृत्व शुरुदेखि नै मलाई प्रहरी महानिरीक्षक हुन नदिने प्रपञ्चकासाथ योजनावद्ध ढंगले क्रियाशील रहेको यथार्थ अब आम जानकारीको विषय भइसकेको छ । यस्तो अवस्थामा, प्रहरी मुख्यालयमा सुरक्षित, सोही अवधिको गोप्य फाइलमा मैले किर्ते गर्नसक्ने कुरा कसरी सम्भव होला ?

३. त्योभन्दा पनि महत्वपूर्ण, यस्तो किर्ते र जालसाजी गरी मेरा विरुद्ध संलग्न गृहमन्त्रालय र प्रहरी संगठनकासबैलाई वर्तमान सरकार र खासगरी प्रधानमन्त्री शेरबहादुर देउवाले अनेकौ प्रपञ्च र तिकडम गरेर पुरस्कृत गरेको फेहरिस्तले पनि यस्तो गैरकानुनि कार्यमा को को संलग्न थिए भन्ने अनुमान लगाउन गाह्रो छैन । 

गत निर्वाचनमा पराजित भएपछि, यो जनमत गुमाएको कामचलाउ सरकारले जसरी आफू सत्ताबाट बाहिरनुअघि नै मेरो क्यरिएरलाई समाप्त पार्ने र सकेसम्म बद्नाम गर्ने अधैर्य व्यवहार देखाएको छ, त्यसबाट यस्ता कुकृत्यमा संलग्नहरुको निन्द्रा र भोक हराएको बुझ्न अप्ठ्यारो छैन । 

प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणमा गरेको अनावस्यक अस्वस्थ चलखेलकै कारण वर्तमान सरकार बद्नाम भएको र चुनाव हार्नुको एउटा मुख्य कारण यही भएकोले प्रतिसोधबस् ममाथि आक्रमण भएको अनुभव पनि मलाई भएको छ ।

४. भोलि निस्पक्ष अनुसन्धान भएमा यस्तो कार्यमा संलग्न र अहिले त्यसबाट प्रत्यक्ष लाभ लिइरहेकाहरुलाई अत्याएको हुनसक्छ । त्यसैले यो समग्र पक्षको निश्पक्ष अनुसन्धान हुनुपर्छ र दोषी दण्डित हुनुपर्छ भन्ने मेरो प्रष्ट मान्यता छ । 

यसबीचमा भएका अनगिन्ति चलखेल र तिनमा संलग्नहरुको सार्वजनिकरुपमै उठेको नैतिकता र इमान्दारीप्रति पनि प्रश्न उठाउन नसकिने होइन । तर, ती मध्ये धेरैलाई सार्वभौम जनताले नै उनीहरुको वास्तविक हैसियत देखाइसकेको अवस्थामा मैले केही भन्नु परेन ।

५. अहिले मुलुकको सिङ्गो प्रशासन र प्रहरी संयन्त्र अरु सबै महत्वपूर्ण राष्ट्रिय जिम्मेवारीहरु छोडेर मलाई मात्रै यो देशको सबभन्दा डरलाग्दो र संगीन अपराधि प्रमाणित गर्न समय, स्रोत र साधन खर्चिरहेको छ, त्यसैबाट पनि को वास्तविक दोषी छ र अत्तालिएको छ भन्ने देखिएकै छ । 

अन्त्यमा, म सबैमा के आग्रह गर्न चाहन्छु भने, यो प्रहरी महानिरीक्षक नियुक्ति प्रकरणका सबै आयाममा निश्पक्ष निकायवाट छानवीन हुनु र दोषीमाथि कारवाही हुनु आवश्यक छ । 

जुन मान्छे यो सम्पूर्ण घटनाक्रममा मेरो विपक्षि रहेको छ उसैले अनुसन्धान गर्ने र यसमा सम्लग्नहरुलाई निर्दोष सावित गरी मलाई प्रहार गर्ने जुन खेल भैरहेको छ त्यसको अन्त हुनु पर्दछ र निस्पक्ष निकायवाट भोलि हुने अनुसन्धानलाई एउटा निस्कर्षमा पुर्याउन सबै प्रकारले सहयोग गर्न म तयार छु । म सधैं मुलुकको एक निष्ठावान सिपाही रहेको छु । 

जनप्रतिनिधिका रुपमा पनि मेरो त्यो कर्तव्य थपिएको छ । तर अहिलेको संक्रमणकालीन कामचलाउ सरकार र त्यसको इशारामा वर्तमान प्रहरी नेतृत्वले जसरी पटकपटक मेरो जीउज्यानमाथि धावा बोल्ने प्रयास गरेको छ, त्यसले मेरो जीवन नै असुरक्षित रहेको अवस्था छ । 

त्यसैले, म सम्पूर्ण मतदाता र शुभचिन्तकहरुलाई राज्य संयन्त्रले निश्पक्ष ढंगले काम गर्ने र यस्तो गम्भीर प्रकृतिको कुनैपनि अनुसन्धान पूर्वाग्रहप्रेरित नहुने वातावरण नबनुञ्जेल धैर्य गर्न विनम्र आग्रह गर्दछु । 

र, यो सरकारले विधि, नियम र मर्यादा मिचेर गरेका यो लगायत सम्पूर्ण कामहरुको आगामी जनमुखी सरकारले अद्योपान्त अनुसन्धान गर्नुपर्छ भन्ने पनि मेरो आग्रह छ । म सधैं न्याय र विधिको शासनको पक्षमा उभिएको छु र उभिइरहने विश्वास दिलाउन चाहन्छु । धन्यवाद ।


नवराज सिलवाल

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एयर इण्डियाको जहाजमा शंकास्पद वस्तु भेटिएन, दिल्ली उडानको तयारी एमाले कार्यालयको जग्गादान प्रक्रिया तत्काल यथास्थितिमा राख्न अल्पकालीन आदेश रविले हिरासतमा कतिबेला भेटघाट गर्न पाउँछन्, बाँकी समय के गरेर बिताउँछन् ? बम राखिएको सूचनापछि दिल्ली उड्न लागेको एयर इण्डियाको विमानमा सर्च मुलुकभित्र वर्षेनी ५ लाख रोजगारीका अवसर सिर्जना गर्न आवश्यक: श्रममन्त्री भण्डारी सर्वोच्च अदालत कात्तिक १५ देखि १९ गतेसम्म बन्द रहने धोनीले आइपीएल खेल्ने इजरायली आक्रमणमा परेर गाजामा पछिल्लो २४ घण्टामा ७० जनाको ज्यान गयो अख्तियारलाई निजी क्षेत्रमा प्रवेश गराउनु उचित छैन : सांसद बडु सरकारले भ्रष्टाचारका बारेमा शून्य सहनशिलताको नीति अपनाउँछः गृहमन्त्री धनराज गुरूङमाथि अनुसन्धान गर्न गगन थापाको माग महोत्तरीमा अनुहार जलाइएको अवस्थामा महिलाको शव फेला, हत्याको आशंका गृहमन्त्रीलाई रास्वपा सांसदको आग्रह : लामिछाने भाग्दैनन्, बाहिरै राखेर अनुसन्धान होस् ज्योतिष डा.अधिकारी भन्छन् : ‘मुलुक मध्यावधिमा जान्छ, सरकार कामचलाउ हुन्छ’ बझाङमा जीप दुर्घटना, चारजना घाइते नेपाल र भारतबीच फुटबल, चलचित्र जस्तै ओलीले भने, ‘म आउन भ्याइँन गृहमन्त्री आउनुहुन्छ बैठकमा’ नेपाल प्रिमियर लिग: आठवटै टिमले पाए प्रशिक्षक, कुन टिममा को ? हालसम्मकै उच्च विन्दुबाट आज घट्यो सुनको भाउ, तोलाको कति? बालिका बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवानद्वारा आत्महत्या