२० पुष २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रदेश सरकार गठनका लागि परामर्शमा छु : प्रदेश प्रमुख झा

११ माघ २०७४, बिहीबार ०९:२२

माघ ११, बुटवल | प्रदेश नं ५ का प्रमुख उमाकान्त झाले संवैधानिक व्यवस्थाअनुसार प्रदेशसभा र सरकार गठनका लागि आफू परामर्शमा रहेको बताउनुभएको छ । उहाँले संवैधानिक व्यवस्थाअनुरुप दुवै कामका लागि आफूले राजनीतिक दल, कानून विज्ञ तथा अन्य सरोकारवालासँग परामर्श गरिरहेको बताउनुभयो । 

प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित पत्रकार भेटघाटमा उहाँले कानूनमा भएको व्यवस्थाअनुसार तोकिएकै मितिभित्र बैठक बस्ने र सरकार गठन गर्ने स्पष्ट पार्नुभयो । उहाँले निर्वाचनको नतिजा सार्वजनिक भएको २० दिनभित्र प्रदेशसभाको संसद् बैठक र ३० दिनभित्र प्रदेश सरकार निर्माण गर्ने र मुख्यमन्त्री चयन गरिनुपर्ने संवैधानिक व्यवस्था रहेकाले सोहीअनुरुप काम हुने बताउनुभयो । माघ ७ गते पदभार ग्रहण गरेलगत्तै दैनिक कामकाज जारी रहेको बताउँदै प्रमुख झाले सरकारले दिएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने विश्वास दिलाउनुभयो । प्रदेश सरकारमा आफूहरुको अनुभव नभए पनि केन्द्रीय सरकार चलाएको आफूसँग अनुभव भएको बताउनुभयो । 

अस्थायी मुकाममा कार्यालय पूर्वाधारको व्यवस्था नभएकाले पनि संसद् बैठक आह्वानका लागि केही दिन लाग्नेछ । संसद् सञ्चालनका लागि कर्मचारीसमेत आउने क्रम बढेको प्रदेश सचिव सन्तकुमार दवाडीले बताउनुभयो । 

प्रदेश मन्त्रालयलगायत कार्यका लागि अस्थायी राजधानी भएकाले अस्थायी किसिमका पूर्वाधार निर्माण भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दीपेन्द्र, रोहित, आसिफसहित यी खेलाडीले गुमाउने छन् एलिट कप, किन? बिरामले तेजिलो देखिएका बालकलाई समाजले ‘भाइरल’ बनाएर गरिरहेको अपराध रुसका लागि श्रम स्वीकृति छिटै खुला गर्छौं : मन्त्री भण्डारी ‘आगो ताप्नु र चुरोट तान्नु फोक्सोका लागि घातक’ विश्वमै चर्चित युट्युबर मिस्टर बिस्टले प्रेमिकासँग गरे इन्गेजमेन्ट लमजुङको तिलिचो होटलमा ४६ वर्षीय बस्नेत मृत भेटिए पूर्वराष्ट्रपति भण्डारीलाई विश्वप्रकाशको सुझाव- राजनीतिमा नफर्किनु गौशालास्थित होटेलमा मृत भेटिएकी सुस्मिताको मृत्युको कारण अझै खुलेन दक्षिण कोरियामा महाभियोग लगाइएका राष्ट्रपतिलाई पक्राउ गर्ने प्रयास ‘स्थगित’ क्यालिफोर्नियामा भवनमा विमान ठोकिँदा २ जनाको मृत्यु, १८ घाइते लिथुआनिया पठाइदिन्छु भनी ठगी गर्ने एक जना पक्राउ क्रिकेटर आरिफ शेखले गरे विवाह ग्यास लाइन काटिएपछि युक्रेनी शरणार्थीलाई सहयोग नगर्ने स्लोभाकियाको चेतावनी अस्ट्रेलिया जानुपूर्व बजारमा सामान किनेर फर्किंदै गर्दा स्कुटर दुर्घटना: श्रीमानको मृत्यु, श्रीमती घाइते सुशासनको लागि राजनीतिक नेतृत्वको नियत र निष्ठा स्पष्ट हुनुपर्छ: प्रचण्ड ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ सन् २०२५ को पहिलो उल्का वर्षा आज राति हुँदै, नाङ्गो आँखाले हेर्न सकिने चीनमा कोरोनाजस्तो नयाँ भाइरस फैलियो, आपतकाल घोषणा गरिएको दाबी बाटो हिँड्दै गरेका दम्पतीको नाक काटेको आरोपमा एक जना पक्राउ आमाबुवा बन्दै गायक जोडी मेलिना-कमल