२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डोल्पाका नागरिक जनप्रतिनिधि खोज्दै घरघरमा पुगे

२०७४, ११ माघ बिहीबार १५:१४

टेकबहादुर शाही/माघ ११, डोल्पा । जनप्रतिनिधिहरु खोज्दै डोल्पाका नागरिक जनप्रतिनिधिको घरघरमा धाउदै छन । 

वडा सचिव र वडाका अध्यक्षहरु नहुँदा जनताहरु जनप्रतिनिधिको घरघरमा पुगेका हुन । डोल्पा जिल्लाका अधिकाश वडाका सचिव र वडा अध्यक्षहरु नहुदा जनतालाइ पञ्जीकरण लगायत अन्य सबै सेवा लिन कठिन परेको छ । कुल ६५ वटा वडा रहेको डोल्पा जिल्लामा ६ जना मात्र वडा सचिवहरु वडामा कार्यरत रहेका छन । 


जिल्लाका सबै स्थानीय तहमा गरि जम्मा १८ जना सचिवहरु रहेका छन । वडा सवचिवहरु छैनन तर दैनिक २० देखि ४० जना सम्मको काम सबै काम आफुले गरीदिने गरेको ठुलीभेरि नगरपालिकाकी सामाजिक सहजकर्ता दिलु केसिले बताइन । 

उनका अनुसार ११ वटा वडा रहेको ठुलीभेरि नगरपालिकामा जम्मा एक जना वडा सचिव रहेको र ति एक जना सचिव पनि निमित्त कार्यकारि भएको कारण नगरपालिकामा बस्ने भएकोले वडा सचिवको काम आफुले गर्न बाध्यता रहेको बताइन । 

शे–फोक्सुण्डो गाउपालिकाका जनताहरु नागरिक्ता र नावालक परिचय पत्र बनाउन ७ दिन लगाएर सदरमुकाम दुनै पुग्दा सचिव नभएर काम नभएको शे–फोक्सुण्डो गाउपालिका २ कि कुञ्जाङ गूरुङले बताईन । 

वडा सचिव र वडा अध्यक्षहरु नभए पछि सिफारिसको लागि जिल्ला समन्वय समितिका उपसंयोजकको घरमा गएर दिनभर बसेर सिफारिस ल्याएर आएको अर्का स्थानिय छिरिङ फुञ्जो गूरुङले खुदेसो पोखे । 

कहिले निमित्त वडा सचिवकहां त कहिले वडाको सिफासिको लागि वडा अध्यक्षको घरमा पुग्नु पर्ने बाध्यता रहेकोले हप्तौ देखि जनप्रतिनिधिको घरघरमा धाउदै दिन बितेको छिरिङ फुञ्जोले बताए । जिल्लामा काम गर्ने सचिवहरु मध्य ६ जना वडा सचिवहरु स्थानिय तहका निमित्त कार्यकारि अधिकृतको जिम्मेवारी सहित वडाको पनि काम गरि रहेका छन । 

डोल्पामा २ नगरपालिका र ६ गाउपालिकामा गरि जम्मा १८ जना मात्र वडा सचिवहरु रहेका छन । ६५ वडामा १८ वटा वडा सचिवले जनताको काम गरि रहेका छन तर ति वडा सिचवहरु पनि स्थानीय तहमा छैनन । 

अब कर्मचारि समायोजन पछि सहज हुने जिल्ला प्रशासन कार्यालय जानकारि दिएको छ । पञ्जिकरणका सबै काम वडा सचिव र वडा अध्यक्षबाट स्थानीय तहमा नै हुने भनिए पनि जनता वडा सचिव र वडा अध्यक्ष नहुदा सदरमुकाम दुनैमा नै आउनु पर्ने बाध्यता रहेको छ । 


नागरिक्ता बनाउन जिल्ला प्रशासनमा गयो कागजात पुग्दैन दैनिक खाली हात होटेलमा फर्कनु पर्छ भन्दै माथिल्लो डोल्पाका स्थानीयहरु निराशा ब्यक्त गर्छन । 

स्थानीय तहमा वडा कार्यालयहरु नभएकोले वडा सचिव अध्यक्ष सिफासि लिन हप्ता दिन लगाएर माथिल्लो डोल्पाबाट दुनै आउनु पर्ने बाध्यता जिउका तिउ नै रहेको छ । कतै वडा अध्यक्षहरु छन तर सिफारिसमा दस्तखत गराउन अध्यक्षको घरमा दिन भर हिडेर पुग्नु पर्ने बाध्यता डोल्पाका जनताको  रहेको छार्काकी कुङकापुटी लामा बताइन ।

हिउदको समयमा वडा सचिव र अध्यक्षहरु सबै तराइ तिर गए पछि जनताको सबै काम अलपत्र परेको नागरिक समाज डोल्पाको दावी छ । जनताको सेवा पहिलेको तुलनामा झनै जनप्रतिनिधि आए पछि ओझलमा परेको नागरिक समाज डोल्पाका अगुवा सुरेन्द्र ढकालले बताए । 

जिल्लाका ४७ वटा वडा कार्यालय अझै पनि वडा सचिव बिहिन रहेका छन । वडा सचिव पाएका वडामा पनि वडा सचिवहरु नभए पछि जनताको दैनिक सेवा प्रभाबित भएको स्थानीय सुमन थापाले जानकारि दिए । 

उनका अनुसार जनताले वडा कार्यालयमा गएर आफै सिफारिस लेखेर वडा अध्यक्षको घरमा गएर दस्तखत गराउनु परेको बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा