२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रदेश नं ३ को मुख्यमन्‍‍त्रीमा रामेछापका सांसद ढुङ्गेलको दाबी

२०७४, ११ माघ बिहीबार १६:१७

प्रज्वल पौडेल । माघ ११, काठमाण्डौ । प्रदेश नं ३ को मुख्यमन्‍‍त्रीमा रामेछापका सांसद कैलाश प्रसाद ढुङ्गेलले दाबी गरेका छन् । तीनलालको किल्ला रामेछाप जिल्लाबाट ३ नं प्रदेशमा मुख्यमन्‍‍त्रीको पदमा उम्मेदबारी दिदा तीनलालको भूमीको सम्मान हुने भन्दै मुख्यमन्‍‍त्रीको दावी उनले गरेका हुन् ।  पुष्पलाल,गंगालाल र कृष्णलाल प्रतिको सम्मान, मूल्यांकन सद्भाव हुने बताउदै ढुङ्गेलले बिहिबार सामाजिक संजाल फेशबुक स्टाटसमार्फत  मुख्यमन्‍‍त्रीमा उम्मेद्बारी दिने घोषणा गरे।


प्रतिनिधी सभा, प्रदेशसभा दुबैमा समानुपातिक कोटा र राष्ट्रिय सभामा समेत रामेछाप बञ्चित भएकोले पिडालाइ आफ्नो उम्मेद्बारीले थोरै भए पनि मह्लम लगाएको महसुस रामेछापेलीले गर्ने भएकाले पनि आफूले उम्मेद्वारी दिने बताएका छन् ।


धेरै पटक कम्युनिष्ट सरकारको सरकार बनेपनि सत्तामा कम्युनिष्ट पार्टीका संस्थापक नेता जन्मिएको जिल्लामा राज्यको नजर पर्न नसकेको भन्दै उनले यसपटक रामेछापले पाउनुपर्ने तर्क गरेका छन् । ढुङ्गेल वामगठबन्धनबाट रामेछाप निर्वाचन क्षेत्र नं २ बाट प्रदेश सभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएका हुन् । राजधानीको नजिक भएपनि राज्यको अाँखामा रामेछाप टाढा रहेकाले संघीय प्रदेशको सरकारमा रामेछाप अटाउनुपर्ने रामेछापबासीको माग रहेको छ । ढुंगेल ०५४ सालको स्थानीय निकायको निर्वाचन पछि जिल्ला विकास समिति, रामेछापको सभापति भएर काम गरिसकेका व्यक्ति हन् ।   

यसैगरि बुद्दिजीवी परिषद् रामेछापका अध्यक्ष शंकर ढुङ्गेलले पनि उनलाइ मुख्यमन्त्री दिनुपर्ने धारणा राखेका छन् । सामाजिक संजाल फेशबुकमा उनले लेखेका छन् – "रामेछापको पालो हो । मुख्य मन्त्री रामेछापले पाउनु पर्दछ । क कैलाशको इतिहास छ । प्रदेशको बिकास गर्ने सपना छ । हिजो द्वन्द्वको रापमा खारिएको विचार छ । एकता गर्ने परम्परा छ । कैलाश सधै जनताको मनमा छ । तिनलालको सान छ । कसैप्रती नझुक्ने शिर सधै उच्च, जति दुख परेपनी हार नमान्ने गुण छ ।"

प्रदेश सांसदहरुले प्रदेश सपथ ग्रहण लिएसँगै जनसंख्या, र साधन स्रोतको हिसाबले देशकै सबैभन्दा ठूलो र धनी प्रदेश मानिएको ३ नम्बर प्रदेशको मुख्यमन्त्री, मन्त्री को बन्ला भन्ने चर्चासँगै दौडधुप सुरु भएको छ ।



 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह