२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय दूतावासबाट बस र एम्बुलेन्स प्रदान

२०७४, १२ माघ शुक्रबार ११:५५

माघ १२, काठमाडौँ | उपराष्ट्रपति नन्दबहादुर पुन भारतको ६९औँ गणतन्त्र दिवसका अवसरमा आज अपराह्न यहाँ आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो । 

समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि उपस्थित हुनुहुन्थ्यो । नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले आयोजना गर्नुभएको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, सांसद, पूर्वप्रधानमन्त्री, पूर्वउपप्रधानमन्त्री, पूर्वमन्त्री, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, उद्योगपति, व्यापारी, समाजसेवी, कलाकार, वरिष्ठ पत्रकारलगायत समाजका प्रतिष्ठित वर्गको उपस्थिति थियो । 

समारोहमा राजदूत पुरीले भारत र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्ष पुगेको बताउँदै उहाँले दुई देशबीचको सम्बन्ध अत्यन्त सुमधुर छ भन्नुभयो । समारोहमा नयाँदिल्लीस्थित ‘ऋषि’ नामक सांगीतिक समूह र नेपाली सेनाको एउटा टोलीले विविध सांगीतिक कार्यक्रम प्रस्तुत गरेको थियो । 

आजै बिहान भारतीय दूतावासमा आयोजित कार्यक्रममा राजदूत पुरीले भारतको राष्ट्रिय झण्डा फहराउँदै गणतन्त्र दिवसमा अवसरमा भारतका राष्ट्रपतिले जारी गर्नुभएको सन्देश वाचन गर्नुभएको थियो । उहाँले विभिन्न सामाजिक संघसंस्था तथा अस्पताललाई छ बस र ३० एम्बुलेन्स एवं शैक्षिक प्रतिष्ठानलाई शैक्षिक सामग्री हस्तान्तरण गर्नुभयो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह