२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कामचलाउ सरकारका सबै निर्णय मान्य हुँदैनन्ः ओली

२०७४, १२ माघ शुक्रबार १३:१८

माघ १२, पोखरा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले राज्यलाई नै कंगाल बनाउने जस्ता निर्णय गरेको आरोप लगाएका छन् । 

सामुदायिक रेडियो प्रसारक संघको यहाँ आयोजित १३ औँ साधारणसभा तथा राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उनले वर्तमान कामचलाउ सरकारले गरेका सबै निर्णय मान्य नहुने बताएका हुन् । 

संविधान अपरिवर्तनीय दस्तावेज नभएको बताउँदै अध्यक्ष ओलीले संशोधनका नाममा देशलाई दूरगामी रुपमा असर पार्ने, देश टुक्र्याउने जस्ता निर्णय गर्न नसकिने स्पष्ट पारे ।  नयाँ कर्मचारी भर्ना गर्नुपर्ने बेलामा रु ६० अर्ब खर्च गरेर भएका अनुभवी कर्मचारीलाई स्वेच्छिक अवकाश दिन वर्तमान सरकारले खोजेको पनि उनले बताए । 


आगामी सरकार सञ्चारमाध्यममैत्री बन्ने विश्वास दिलाउँदै पूर्वप्रधानमन्त्री ओलीले प्रत्येक सञ्चारमाध्यमले समाज र राष्ट्रका हितमा आफूलाई उभ्याउनुपर्नेमा जोड दिए ।  

सभामा नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले सामाजिक रुपान्तरणका क्षेत्रमा सामुदायिक रेडियोले खेलेको भूमिका प्रशंसायोग्य भएको बताउँदै अब बन्ने सरकारले सञ्चारमाध्यमलाई प्रोत्साहन गर्ने किसिमका कार्यक्रम ल्याउने जानकारी दिए । 

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले काँग्रेस पाँच वर्षसम्म जिम्मेवार प्रतिपक्षको भूमिकामा रहने बताउँदै पद बाँडफाँटका नाममा गठबन्धन नफुटाल्न वाम गठबन्धनलाई शुभकामना दिए । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव मनिष सुमनले संविधानलाई सर्वस्वीकार्य गराउन संविधान संशोधन हुनुपर्नेमा जोड दिए । 

रेडियो प्रसारक संघका अध्यक्ष सुवास खतिवडा, प्रदेशसभाका नवनिर्वाचित सदस्य आशा कोइराला, एमालेका नेता डा.गंगालाल तुलाधर, एमालेका प्रचार विभाग उपप्रमुख सूर्य थापा, सामुदायिक रेडियोको विश्व संगठनका सहअध्यक्ष मीनबहादुर शाही, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली, नेपाल प्रेस काउन्सिलका कावा अध्यक्ष किशोर श्रेष्ठलगायतले सामुदायिक रेडियोले खेलेको भूमिकाबारे आआफ्नो  धारणा राखेका थिए । 

देशभरका तीन सयभन्दा बढी सामुदायिक रेडियोको सहभागिता रहेको उक्त साधारणसभामा देश संघीयतामा गएका बेला सामुदायिक रेडियोले खेल्नुपर्ने भूमिकालगायत विषयमा छलफल गरी निष्कर्ष निकालिने छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह