१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कामचलाउ सरकारका सबै निर्णय मान्य हुँदैनन्ः ओली

१२ माघ २०७४, शुक्रबार १३:१८

माघ १२, पोखरा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले राज्यलाई नै कंगाल बनाउने जस्ता निर्णय गरेको आरोप लगाएका छन् । 

सामुदायिक रेडियो प्रसारक संघको यहाँ आयोजित १३ औँ साधारणसभा तथा राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उनले वर्तमान कामचलाउ सरकारले गरेका सबै निर्णय मान्य नहुने बताएका हुन् । 

संविधान अपरिवर्तनीय दस्तावेज नभएको बताउँदै अध्यक्ष ओलीले संशोधनका नाममा देशलाई दूरगामी रुपमा असर पार्ने, देश टुक्र्याउने जस्ता निर्णय गर्न नसकिने स्पष्ट पारे ।  नयाँ कर्मचारी भर्ना गर्नुपर्ने बेलामा रु ६० अर्ब खर्च गरेर भएका अनुभवी कर्मचारीलाई स्वेच्छिक अवकाश दिन वर्तमान सरकारले खोजेको पनि उनले बताए । 


आगामी सरकार सञ्चारमाध्यममैत्री बन्ने विश्वास दिलाउँदै पूर्वप्रधानमन्त्री ओलीले प्रत्येक सञ्चारमाध्यमले समाज र राष्ट्रका हितमा आफूलाई उभ्याउनुपर्नेमा जोड दिए ।  

सभामा नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले सामाजिक रुपान्तरणका क्षेत्रमा सामुदायिक रेडियोले खेलेको भूमिका प्रशंसायोग्य भएको बताउँदै अब बन्ने सरकारले सञ्चारमाध्यमलाई प्रोत्साहन गर्ने किसिमका कार्यक्रम ल्याउने जानकारी दिए । 

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले काँग्रेस पाँच वर्षसम्म जिम्मेवार प्रतिपक्षको भूमिकामा रहने बताउँदै पद बाँडफाँटका नाममा गठबन्धन नफुटाल्न वाम गठबन्धनलाई शुभकामना दिए । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव मनिष सुमनले संविधानलाई सर्वस्वीकार्य गराउन संविधान संशोधन हुनुपर्नेमा जोड दिए । 

रेडियो प्रसारक संघका अध्यक्ष सुवास खतिवडा, प्रदेशसभाका नवनिर्वाचित सदस्य आशा कोइराला, एमालेका नेता डा.गंगालाल तुलाधर, एमालेका प्रचार विभाग उपप्रमुख सूर्य थापा, सामुदायिक रेडियोको विश्व संगठनका सहअध्यक्ष मीनबहादुर शाही, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली, नेपाल प्रेस काउन्सिलका कावा अध्यक्ष किशोर श्रेष्ठलगायतले सामुदायिक रेडियोले खेलेको भूमिकाबारे आआफ्नो  धारणा राखेका थिए । 

देशभरका तीन सयभन्दा बढी सामुदायिक रेडियोको सहभागिता रहेको उक्त साधारणसभामा देश संघीयतामा गएका बेला सामुदायिक रेडियोले खेल्नुपर्ने भूमिकालगायत विषयमा छलफल गरी निष्कर्ष निकालिने छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह