२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पाका जनप्रतनिधि र कर्मचारी भ्रमणमा

२०७४, १२ माघ शुक्रबार १५:१७

टेकबहादुर शाही/माघ १२, डोल्पा । डोल्पा जिल्लाका स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरु भ्रमणमा गएका छन । 

डोल्पाका ५ वटा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरु नेपालका बिभिन्न जिल्लाका साथै भारतका बिभिन्न खण्डमा भ्रमण रहेका छन । २ नगरपालिका र ६ गाउपालिका रहेको यस जिल्लामा ५ वटा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरु अन्तर जिल्ला भ्रमणमा गएका हुन । 


त्रिपूरा सुन्दरी नगरपालिका,शे–फोक्सुडो गाउपालिका,डोल्पो बुद्ध गाउपालिका,छार्काताङसोङ गाउपालिका र मुड्केचुला गाउपालिकका वडाका सदस्य देखि स्थानीय तहका प्रमुख सम्म र वडा सचिव देखि कार्यकारी सम्म अन्तर जिल्ला तथा भारत भ्रमणमा गएका छन । स्थानीय सरकार गठन पछि स्थानीय तहमा गाउपरिषदबाट आधिकारिक रुपमा सबै तहले साढे ५ लाख देखि ३५ लाख सम्म भ्रमणका लागि बजेट बिनियोजन गरेका छन । 

शे–फोक्सुडो गाउपालिकाले भ्रमण र कर्मचारिहरुको क्षमता अभिबृद्धिका लागि ३५ लाख बिनियोजन गरेको शे–फोक्सुडो गाउपालिकाका प्रमूख टासिटुण्डुप गूरुङले जानकारि दिए । उनका अनुसार माथिल्लो डोल्पाको पर्यटकीय क्षेत्रको बिकासको लागि जिल्ला भित्रका पर्यटकीय जिल्लामा भ्रमणका लागि पाठाइएको बताए ।

भ्रमणको मुख्य उदेश्य भनेको “हेर देख र सिक अनि प्रयोगमा ल्याउ” भन्ने नै मूख्य उदेश्य रहेको भ्रमण टोलीमा रहेका शे–फोक्सुडो गाउपालिका वडा नं. ४ का वडा अध्यक्ष पेमावाङजेन लामाले जानकारि दिए । उनका अनुसार स्थानीय तहमा रहेका बिभिन्न खनिज तथा जडिबुटीको प्रयोग तथा ब्यवस्थापन,स्थानीय स्रोतको संरक्षण र प्रयोग,महिला समुहरुको सिप बिकास,महिलाहरुको रोजगारको ब्यवस्था गर्ने लागयतका बिभिन्न उदेश्य रहेको बताए । 

माथिल्लो डोल्पाका जनप्रतिनिधि र स्थानीयले हाल सम्म पनि नेपाली भाषा राम्रो संग बेल्न नसक्ने र परिचय मात्र दिन कठिन हुने अबस्थामा यो भ्रमणले निकै प्रभाबकारि भुमिका खेल्ने वडा अध्यक्ष पेमावाङजेन लामाले जानकारि दिए । माथिल्लो डोल्पामा जनप्रतिनिधि र कर्मचारिहरु हेरेर सिक्ने र ब्याबहारमा लागु गर्ने भन्दै अन्तर जिल्ला भ्रमण रहेका छन । 


त्रिपूरा सुन्दरी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारिहरु भने अत्याधुनिक अङगुर खेतिको लागि अध्यन गर्न भनेर भारतको हिमाञ्चल तथा अन्य खण्डामा भ्रमण रहेका छन । कृषकलाइ आत्मनिर्भर बनाउने भन्दै बिभिन्न जिल्ला र भारत भ्रमण गएको नगरपालिका स्रोतले जानकारि दिएको छ । 

त्यसै गरि सबै भन्दा कम बजेट छुट्टयाएको मुड्केचुला गाउपालिकाका जनप्रतिनिधि भने देश भित्रका महानगरपालिका र गाउपालिकाको भ्रमण गर्ने भनेर लागि रहेको प्रमुख दत्तबहादुर शाहीले जानकारि दिए । उनले भने हामीले जम्मा साढे ५ लाख मात्र बिनियोजन गरेका छौ हामी बिकसीत स्थानीय तहको भ्रमण गरेर आफनो तहमा कार्यान्वयनमा लिने बताए ।

जिल्लाका ८ वटा स्थानीय तह मध्य अब ३ वटा स्थानीय तह ठुलीभेरी नगरपालिका,जगदुल्ला गाउपालिका र काईके गाउपालिकाका जनप्रतिनिधि र कर्मचारि भने भ्रमण गएका छैनन । ५ वटा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारिहरु भारत लगायत अन्तर जिल्लाको भ्रमण गए पछि स्थानीयले भने निकै आलोचना गरेका छन । 

हिउदको समयमा कर्मचारिहरु जिल्लामा नबस्ने बेलामा स्थानीय सरकार गठन पछि भ्रमणकै नाममा भ्रमण लागि जिल्लाका स्थानीय तहमा भएका कर्मचारि र जनप्रतिनिधिहरु जिल्ला बाहिर जादा जनताको दैनिक काममा समस्या परेको जिल्ला समन्वय समितिका उपप्रमूख नरबहादुर बुढाले बताए । नागरिक समाज र सम्बद्ध सस्सथाहरुको सँयुक्त ज्ञपान पत्र बुझदै उपप्रमुख बुढाले भने जनताको काम रोकिनु हुदैन । भ्रमणमा गएका मात्र नभएर अन्य सबै कार्यालयका कर्मचारिलाइ तत्काल जिल्लामा आइ सेवा दिनु पर्ने बताए ।

जनताको काम प्रभाबित भएको भन्दै यहि ७ गते नागरिक समाज डोल्पा र सम्बद्ध सस्सथाहरुले सँयुक्त ज्ञपान पत्र जिल्ला प्रशासन र जिल्ला समन्वय समितिमा बुझाएका छन । 

 त्रिपूरासुन्दरी नगरपालिका कार्यकारि भिमबहादुर धराला र शे फोक्सुण्डो गाउपालिकाका वडा अध्यक्ष दत्त लामाको फेसबुकबाट ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा