१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पाका जनप्रतनिधि र कर्मचारी भ्रमणमा

१२ माघ २०७४, शुक्रबार १५:१७

टेकबहादुर शाही/माघ १२, डोल्पा । डोल्पा जिल्लाका स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरु भ्रमणमा गएका छन । 

डोल्पाका ५ वटा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरु नेपालका बिभिन्न जिल्लाका साथै भारतका बिभिन्न खण्डमा भ्रमण रहेका छन । २ नगरपालिका र ६ गाउपालिका रहेको यस जिल्लामा ५ वटा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरु अन्तर जिल्ला भ्रमणमा गएका हुन । 


त्रिपूरा सुन्दरी नगरपालिका,शे–फोक्सुडो गाउपालिका,डोल्पो बुद्ध गाउपालिका,छार्काताङसोङ गाउपालिका र मुड्केचुला गाउपालिकका वडाका सदस्य देखि स्थानीय तहका प्रमुख सम्म र वडा सचिव देखि कार्यकारी सम्म अन्तर जिल्ला तथा भारत भ्रमणमा गएका छन । स्थानीय सरकार गठन पछि स्थानीय तहमा गाउपरिषदबाट आधिकारिक रुपमा सबै तहले साढे ५ लाख देखि ३५ लाख सम्म भ्रमणका लागि बजेट बिनियोजन गरेका छन । 

शे–फोक्सुडो गाउपालिकाले भ्रमण र कर्मचारिहरुको क्षमता अभिबृद्धिका लागि ३५ लाख बिनियोजन गरेको शे–फोक्सुडो गाउपालिकाका प्रमूख टासिटुण्डुप गूरुङले जानकारि दिए । उनका अनुसार माथिल्लो डोल्पाको पर्यटकीय क्षेत्रको बिकासको लागि जिल्ला भित्रका पर्यटकीय जिल्लामा भ्रमणका लागि पाठाइएको बताए ।

भ्रमणको मुख्य उदेश्य भनेको “हेर देख र सिक अनि प्रयोगमा ल्याउ” भन्ने नै मूख्य उदेश्य रहेको भ्रमण टोलीमा रहेका शे–फोक्सुडो गाउपालिका वडा नं. ४ का वडा अध्यक्ष पेमावाङजेन लामाले जानकारि दिए । उनका अनुसार स्थानीय तहमा रहेका बिभिन्न खनिज तथा जडिबुटीको प्रयोग तथा ब्यवस्थापन,स्थानीय स्रोतको संरक्षण र प्रयोग,महिला समुहरुको सिप बिकास,महिलाहरुको रोजगारको ब्यवस्था गर्ने लागयतका बिभिन्न उदेश्य रहेको बताए । 

माथिल्लो डोल्पाका जनप्रतिनिधि र स्थानीयले हाल सम्म पनि नेपाली भाषा राम्रो संग बेल्न नसक्ने र परिचय मात्र दिन कठिन हुने अबस्थामा यो भ्रमणले निकै प्रभाबकारि भुमिका खेल्ने वडा अध्यक्ष पेमावाङजेन लामाले जानकारि दिए । माथिल्लो डोल्पामा जनप्रतिनिधि र कर्मचारिहरु हेरेर सिक्ने र ब्याबहारमा लागु गर्ने भन्दै अन्तर जिल्ला भ्रमण रहेका छन । 


त्रिपूरा सुन्दरी नगरपालिकाका जनप्रतिनिधि र कर्मचारिहरु भने अत्याधुनिक अङगुर खेतिको लागि अध्यन गर्न भनेर भारतको हिमाञ्चल तथा अन्य खण्डामा भ्रमण रहेका छन । कृषकलाइ आत्मनिर्भर बनाउने भन्दै बिभिन्न जिल्ला र भारत भ्रमण गएको नगरपालिका स्रोतले जानकारि दिएको छ । 

त्यसै गरि सबै भन्दा कम बजेट छुट्टयाएको मुड्केचुला गाउपालिकाका जनप्रतिनिधि भने देश भित्रका महानगरपालिका र गाउपालिकाको भ्रमण गर्ने भनेर लागि रहेको प्रमुख दत्तबहादुर शाहीले जानकारि दिए । उनले भने हामीले जम्मा साढे ५ लाख मात्र बिनियोजन गरेका छौ हामी बिकसीत स्थानीय तहको भ्रमण गरेर आफनो तहमा कार्यान्वयनमा लिने बताए ।

जिल्लाका ८ वटा स्थानीय तह मध्य अब ३ वटा स्थानीय तह ठुलीभेरी नगरपालिका,जगदुल्ला गाउपालिका र काईके गाउपालिकाका जनप्रतिनिधि र कर्मचारि भने भ्रमण गएका छैनन । ५ वटा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारिहरु भारत लगायत अन्तर जिल्लाको भ्रमण गए पछि स्थानीयले भने निकै आलोचना गरेका छन । 

हिउदको समयमा कर्मचारिहरु जिल्लामा नबस्ने बेलामा स्थानीय सरकार गठन पछि भ्रमणकै नाममा भ्रमण लागि जिल्लाका स्थानीय तहमा भएका कर्मचारि र जनप्रतिनिधिहरु जिल्ला बाहिर जादा जनताको दैनिक काममा समस्या परेको जिल्ला समन्वय समितिका उपप्रमूख नरबहादुर बुढाले बताए । नागरिक समाज र सम्बद्ध सस्सथाहरुको सँयुक्त ज्ञपान पत्र बुझदै उपप्रमुख बुढाले भने जनताको काम रोकिनु हुदैन । भ्रमणमा गएका मात्र नभएर अन्य सबै कार्यालयका कर्मचारिलाइ तत्काल जिल्लामा आइ सेवा दिनु पर्ने बताए ।

जनताको काम प्रभाबित भएको भन्दै यहि ७ गते नागरिक समाज डोल्पा र सम्बद्ध सस्सथाहरुले सँयुक्त ज्ञपान पत्र जिल्ला प्रशासन र जिल्ला समन्वय समितिमा बुझाएका छन । 

 त्रिपूरासुन्दरी नगरपालिका कार्यकारि भिमबहादुर धराला र शे फोक्सुण्डो गाउपालिकाका वडा अध्यक्ष दत्त लामाको फेसबुकबाट ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह