२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देश नं २ मा सरकारको गठजोडमा मधेश केन्द्रित दल

२०७४, १३ माघ शनिबार ११:४१

सिवी अधिकारी/माघ १३, काठमाडौँ । तराई–मधेश केन्द्रित राजनीतिक दलले प्रदेश नं २ मा सरकार गठनका लागि वार्ता र छलफललाई तीव्रता दिएका छन् । 

प्रदेश सरकारका लागि गठजोडमा रहेका संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पदीय भागबण्डाका विषयमा अनौपचारिक रुपमा केही खाका तयार पारे पनि त्यसलाई मूर्तरुप भने दिन सकेका छैनन् । 

मुख्यमन्त्री, सभामुखलगायतका पद बाँडफाँडबारे छलफल चलिरहेको तर ठोस सहमतिमा पुग्न नसकेको ती दलका नेताहरुले बताए ।  

दुवै दलले आगामी माघ २१ गते बोलाइएको प्रदेशसभा बैठकलगत्तै सरकार गठनको प्रक्रिया शुरु गर्ने जनाएका छन् । समानुपातिकतर्फको प्रदेश सांसदको निर्वाचन परिणाम आइसकेपछि सरकार गठनबारे अनौपचारिक छलफलमा दुवै दल जुटेका छन् । 

प्रदेशसभा बैठकलगत्तै मुख्यमन्त्री, सभामुख चयनलगायतका प्रक्रिया अघि बढ्ने राष्ट्रिय जनता पार्टीका महासचिव मनिष सुमनले जानकारी दिए । 

“प्रदेश सांसदको निर्वाचन परिणाम घोषणा भएपछि प्रदेश सरकार गठनबारे औपचारिक छलफल त भएको छैन तर आगामी प्रदेश बैठकपछि सरकार गठनको रफ्तार शुरु हुन्छ,”– उनले भने । 

संविधानमा व्यवस्था भएअनुरुप प्रदेश सांसदको निर्वाचन परिणाम सार्वजनिक भएको ३० दिनभित्र प्रदेश सरकार गठन गर्नुपर्ने छ । निर्वाचन आयोगले गत माघ ३ गते प्रदेशसभाका समानुपातिक उम्मेदवारको अन्तिम सूची प्रकाशित गरेको थियो । 

कुल १०७ सिट संख्या रहेको प्रदेश नम्बर २ मा राजपा फोरमको बहुमत छ । समाजवादी फोरमको २९ र राजपाको २५ सिट छ । यीमध्ये कुन दलले कस्तो जिम्मेवारी लिनेभन्नेमा दुवै दलमा भागबण्डा शुरु भएको छ । 

कुन दलले के जिम्मेवारी लिने भन्ने पदीय भागबण्डापछि मात्र सरकार गठनको प्रक्रिया शुरु हुने समाजवादी फोरमका नेता शिवजी यादवले बताए । उनका अनुसार सिट संख्याका आधारमा फोरमले मुख्यमन्त्री र राजपाले सभामुख पाउने लगभग पक्का छ, अन्य पदमा भने छलफल चलिरहेको छ । 

प्रदेश बैठकपछि सरकार गठनको प्रक्रिया शुरु हुने हुँदा सो अवधिसम्म दलीय भागबण्डा मिलिसक्ने उनको भनाइ छ । प्रदेश प्रमुखले प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद्को गठन हुनेछ । 

प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछ । 

प्रदेश नं २ मा मधेश केन्द्रित दलको पल्लामा भारी मत रहेकाले उनीहरुको बहुमतको सरकार बन्ने निश्चित छ । सो प्रदेशलाई विकास र समृद्धिको दिशामा अघि बढाउन ठूलो जिम्मेवारी मधेश केन्द्रित दलको काँधमा छ । 

यद्यपि, आफ्ना न्यूनतम साझा कार्यक्रममा सहमत हुने अन्य राजनीतिक दललाई सरकारमा सहकार्य गर्न आवश्यक पहल गरिने नेताहरुले बताएका छन् । 

राजपाका महासचिव सुमनका अनुसार राष्ट्रिय निर्वाचनमा नेपाली काँग्रेससँग सहकार्य गर्ने निर्णय भएकाले उसँग सहकार्य हुनसक्ने छ । मधेशका मुद्दाप्रति वाम गठबन्धनले सहमत जनाएको खण्डमा उनीहरुसँग पनि सरकार गठनमा सहकार्य हुनेछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा