१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतको विकासबाट नेपालले सिक्नुपर्छः नेताहरु

१३ माघ २०७४, शनिबार १४:५४

माघ १३, काठमाडौँ | नेपाली राजनीतिका शीर्ष व्यक्तित्व एवं पूर्व प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरुले भारतको आर्थिक विकासबाट नेपालले सिक्नुपर्ने बताएका छन् । 

भारतको ६९औँ गणतन्त्र दिवसका अवसरमा नेपाल–भारत मैत्री समाजले आज अपराह्न ललितपुरमा आयोजना गरेको उक्त कार्यक्रममा उनीहरुले बहुआयामिक नेपाल–भारत सम्बन्ध २१औँ शताब्दी सुहाउँदो हुनुपर्ने बताए । 

दुईदशकपछि भारतमा एकमना सरकारले राज्य सञ्चालन प्रारम्भ गरेसँगै आर्थिक, सामाजिक, भौतिक प्रगतिको मार्गमा अग्रणी मुलुकका रुपमा आफूलाई भारतले चिनाएकाले उसको प्रगतिबाट नेपालले सिक्नुपर्ने उनीहरुको कथन थियो । 

पूर्वमन्त्री पशुपतिशम्शेर जबराले नरेन्द्र मोदी नेतृत्वको सरकारले गरिबी घटाउने र जनतालाई फाइदा पुग्ने धेरै सुधारका कार्यक्रम सफलतापूर्वक कार्यान्वयन गरेको दृष्टान्त प्रस्तुत गर्दै नेपालले पनि सुशासन प्रवद्र्धन एवं जनजीविकाका सवालमा भारतबाट धेरै सिक्न सक्ने बताउनुभयो । 

पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले सबै असमान सन्धिको समीक्षा गर्नुपर्ने आवश्यकतालाई दृष्टिगत गरी आफ्नो नेतृत्वको सरकारका पालामा नेपाल–भारत सम्बन्धका सबै आयाममा छलफल र समीक्षा गर्न प्रबुद्ध व्यक्ति समूह ९इपिजी० गठन भएको बताउनुभयो । उहाँले इपिजीबाटै २१औँ शताब्दी सुहाउँदो दुई देशबीचको सम्बन्धलाई नयाँ युगमा पुर्याउन सिफारिस हुने विश्वास व्यक्त गर्नुभयो । 

पूर्व उपप्रधान मन्त्री एवं परराष्ट्र मन्त्री उपेन्द्र यादवले विशाल, शक्तिशाली र समृद्ध भारतले आफ्नो सुरक्षा चासोलाई नेपालसँग स्पष्ट रुपमा प्रस्तुत गरेर पारस्परिक साझेदारीका साथ नेपालसँग सहकार्य गर्नुपर्ने सुझाव दिनुभयो । 

अर्का पूर्व उपप्रधान मन्त्री एवं परराष्ट्र मन्त्री कृष्णबहादुर महराले संघीय गणतन्त्र नेपाल निर्माणमा भारतको सद्भाव रहेको र तत्कालीन नेकपा ९माओवादी० र सरकारबीच बाह्रबुँदे सहमति भारतमा नै हुनुले त्यसको पुष्टि गर्छ भन्नुभयो । 

अर्का पूर्व परराष्ट्रमन्त्री प्रकाशशरण महतले भूपरिवेष्टित राष्ट्रका विकासका आकांक्षा पूरा गर्न भारतले सघाउनुपर्ने विचार व्यक्त गर्दै राष्ट्रवादका चर्का कुरा सडकमा गरेर द्विपक्षीय सम्बन्धमा आँच आउने गतिविधि कहीँ कतैबाट हुनुहुँदैन भन्नुभयो । 

पूर्वमन्त्री अनिल झाले नेपाल र भारतबीचको अतुलनीय सम्बन्धलाई थप सुदृढ तुल्याउन एक अर्काले पिरमर्का बुझ्नुपर्ने बताउनुभयो । 

समाजका अध्यक्ष प्रेम लस्करीको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेपालका लागि भारतका राजदूत मञ्जिवसिंह पुरीले लुम्बिनी, पशुपति र मुक्तिनाथ हरेक भारतीयका निम्ति गन्तव्यस्थल भएका र शताब्दयाँैदेखिको सांस्कृतिक सम्बन्धलाई तिनले थप घनिभूत तुल्याएका चर्चा गर्दै रत–नेपाल कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा आपसी सम्बन्ध अझ प्रगाढ हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह