१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले र माओवादी केन्द्रको बैठक: राष्ट्रियसभा निर्वाचनमा केन्द्रित

१५ माघ २०७४, सोमबार ०८:००

माघ १५, काठमाडौँ | नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेतासहित कार्यदलको संयुक्त बैठकमा आसन्न राष्ट्रियसभाको निर्वाचनमा आफ्ना उम्मेदवार विजयी गराउने विषयमा छलफल भएको छ । 

एमाले संसदीय दलको कार्यालय, सिंहदरबारमा आज बिहान भएको बैठकले अन्य साना दलसँगको सहकार्यको सम्भावनाबारे लाग्न र दुवैका मतदातालाई आफ्ना उम्मेदवार विजयी गराउन निर्देशन दिएको छ । 

एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपल श्रेष्ठले जित सुनिश्चित नहुने भएमा प्रदेश नं ३ का आफ्ना उम्मेदवार वेदुराम भुसाललाई फिर्ता गराइने विषयमा पनि गृहकार्य भएको जानकारी दिनुभयो । निर्वाचनमा एमालेले २९ र केन्द्रले १४ उम्मेदवार दिने पूर्व सहमति छ । 

यही माघ २४ गतेका लागि तय भएको राष्ट्रियसभाको निर्वाचनअन्तर्गत आज उम्मेदवारी फिर्ता लिने अन्तिम दिन हो । एमालेका अध्यक्ष केपी शर्मा ओली र केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित कार्यदलमा रहेका नेताहरु बैठकमा सहभागी हुनुहुन्थ्यो । 

अध्यक्ष ओली र दाहालको आपसी छलफलपछि आइतबारको कार्यदलको बैठकले प्रदेशका मुख्यमन्त्री, सभामुख र उपसभामुखको बाँडफाँडबारे सहमति गरेको थियो । 

यसैबीच कार्यदलको सिफारिश, राष्ट्रियसभा निर्वाचन, पार्टी एकताबारे छलफल गर्न मंगलबार बिहान १० बजे एमाले स्थायी कमिटीको बैठक बस्ने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह