१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुवेतमा अवैध रुपमा बसेका नेपालीलाई घर फर्कने अवसर, यस्तो छ प्रक्रिया

१५ माघ २०७४, सोमबार ०९:४१

जनवरी २९, कुवेत । कुवेत सरकारले अवैधानिक कामदारलाई वैध बन्ने वा आफ्नो देश फर्कने अवसर दिएको छ । यसबाट नेपाली कामदारले पनि लाभ लिनसक्नेछन् ।

कुवेतस्थित नेपाली दूताबासका अनुसार त्यहाँको सरकारले २३ जनवरीमा यस्तो निर्णय गरेको हो । दूतावासले नेपाली कामदारहरुलाई यो अवसरको सदुपयोग गर्न अपील गरेको छ ।

कुन अवस्थामा कसरी सुरक्षित हुने ?

नेपाली दूतावासका अनुसार आवासीय भिसा नलगाई कुवेतमा बसेको तर, कुनै केस (चोरी/अन्य) नपरेको, यात्रा निषेध आदेश जारी नभएका, कम्पनी तथा घरमा काम गर्नेहरुले सक्कल राहदानी भए टिकटको व्यवस्था गरेर नेपाल फर्किन सकिेनछ । यो २९ जनवरीदेखि २२ फेब्रुअरी २०१८ सम्म मात्रै छ ।


राहदानी छैन भने नेपाली दूताबासको सम्पर्कमा जानुस् । यात्रा अनुमति पत्रका लागि नागरिकता र पुरानो राहदानीको प्रतिलिपी र दुईप्रति फोटो चाहिन्द्यछ ।

कम्पनी तथा रोजगारदाताको घरबाट भागेको भनी मुद्दा वा उजुरी परेको छ भने आआफ्नो पासपोर्ट/सिभिल आईडी कार्ड/नागरिकताको सक्कल भएमा सक्कलसहित र फोटो कपी भएमा फोटोकपी लिई राजदूतावासमा सम्पर्क राख्नुपर्ने छ ।

नेपाल र्फकन चाहने तर, कागजपत्र नभएकाहरुलाई पनि आवश्यक प्रकि्रया पूरा गरी नेपाल र्फकनको लागि सहजिकरण गरिने नेपाली दूताबासले जनाएको छ ।

आवासीय भिसा नलगाई बसिरहेको तर, कुनै केस (चोरी/अन्य) नभएको र यात्रा निषेध आदेश जारी नभएका कम्पनी तथा घरमा काम गर्ने नेपाली कामदारहरुले त्यहाँको सरकारले तोकेका शर्तहरु पूरा गरी आवासीय भिसा पनि नविकरण गर्न सक्नेछन् ।

यसका लागि दूतावासको जेनरल डिपार्टमेन्ट अफ रेसिडेन्सी अफियर्समा सम्पर्क गर्नुपर्ने छ ।


तर, आवासीय भिसा नलगाई कुवेतमा बसिरहेका कम्पनी तथा घरमा काम गर्ने कामदारहरुले -२९ जनवरीदेखि २२ फेब्रुअरी २०१८ भित्र नेपाल र्फकने वा आवासीय भिसा नविकरण गर्ने प्रकि्रयामा समावेश नभए कुवेतको सरकारी निकायबाट चेकजाँचमा पक्राउ गरेर कुनै पनि कुवेतबाट डिपोर्ट गर्न सक्नेछ ।

अपराधिक गतिविधि तथा अन्य कुनै कसुरमा मुद्दा/उजुरी परेका, बैंकबाट ऋण लिएर वा मोवाइल फोन लगायतका सामान किस्तावन्दीमा लिएवापत् सम्बन्धित कम्पनीमा तिर्नुपर्ने रकम नतिरेको कारण यात्रामा निषेध आदेश जारी भएकाहरु भने उक्त केस फछ्र्याैट नभएसम्म नेपाल फर्किन नपाइने दूतावासले स्पष्ट पारेको छ ।

कुवेतस्थित नेपाली दूतावासको वैध बन्ने वा आफ्नो देश र्फकने प्रक्रियाबारे कुनै जानकारी चाहिएमा हटलाइन ९८८६९१२१ र फोन नम्बरहरु २५३२१६०३, २५३२१६०४ वा २५३२१६०५ मा सम्पर्क गर्न पनि आग्रह गरेको छ । – अनलाइन खबरबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह