१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल–भारतबीचको सीमा क्षेत्रमा काँडेतार लगाउन सीमाविद्को सुझाव

१५ माघ २०७४, सोमबार १०:५२

माघ १५, काठमाडौँ  | सीमाविद् बुद्धिनारायण श्रेष्ठले नेपालको सार्वभौमसत्तालाई अक्षुण राख्न सरकारको सदैव ध्यान जानुपर्ने बताउनुभएको छ । 

‘नेपाल–भारतबीच विवादित सीमा क्षेत्रको सुरक्षा’ विषयक आज यहाँ आयोजित अन्तक्र्रियामा उहाँले हाम्रा पूर्वजले हामीलाई सुम्पेर गएको सीमालाई बचाउन सरकार तथा सर्वसाधारण जनता सचेत हुनुपर्ने औँल्याउनुभयो । 

सीमाविद् श्रेष्ठले नेपालको सीमा निरन्तर भारतीय पक्षबाट मिच्दै गएको र सरकार तथा स्थानीय प्रशासन मौन बसेकामा दुःख प्रकट गर्नुभयो । 

उहाँले दुई मुलुकबीचको सीमा सुरक्षा गर्न यी सीमा खुल्ला हुन नहुने बताउँदै नेपाल–भारतबीचको सीमा क्षेत्रमा काँडेतार लगाउनुपर्ने सुझाव दिनुभयो । 

राष्ट्रिय बेरोजगार युवा संरक्षण मञ्चका अध्यक्ष माधव भण्डारीले भारतबाट पटक पटक सीमा मिच्दा पनि सरकारबाट कुनै पहल नगरिएको भन्दै नेपालको सुरक्षाका लागि सीमा सुरक्षा समूह गठन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

सीमा रक्षक राजेश कोइरीले आफूले सीमा रक्षा गर्न स्थानीय बासिन्दालाई लामो समयदेखि जनचेतना बढाउने काम गर्दै आएको जानकारी दिनुभयो । 

कार्यक्रममा राष्ट्रिय बेरोजगार युवा संरक्षण मञ्चले सीमाविद् बुद्धिनारायण श्रेष्ठ तथा सीमा रक्षक राजेश कोइरीलाई नेपालको सीमा सुरक्षामा जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान गरेको भन्दै सम्मान गरेको थियो । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह